IME Life New

विश्वमा सुरु भयो ‘ट्रेड वार’ ! चीनले ट्यारिफसँगै लगायो २५ अमेरिकी कम्पनीमाथि प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ घोषणाले विश्वभर ट्रेड वार सुरु हुने स्थिति सिर्जना भएको छ।

अमेरिकाले चीनमाथि ट्यारिफ लगाएसँगै चीनले पनि अमेरिकामाथि ट्यारिफ लगाउने घोषणा गरेको छ। उता म्याक्सिको र क्यानडाले पनि प्रतिकारात्मक ट्यारिफ लगाउने घोषणा गरेका छन्। चीनले अमेरिकाबाट आयातमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म अतिरिक्त ट्यारिफ लगाउने जनाएको छ।

Esewa
Crest

यसैबीच क्यानडाले पनि अमेरिकी सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिको र क्यानडामा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेपछि अमेरिकी सामानमा ट्यारिफको घोषणा भएको हो। क्यानाडाली ऊर्जा उत्पादनमा १० प्रतिशतको अतिरिक्त ट्यारिफ लगाइएको छ।

अमेरिकाले चीनमाथिको ट्यारिफ दोब्बर बढाएर २० प्रतिशत पुर्याएको छ।

चिनियाँ वित्त मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार थप ट्यारिफहरु मार्च १० देखि लागू हुनेछ। चीनले २५ अमेरिकी कम्पनीको निर्यात र लगानीमा पनि प्रतिबन्ध लगाएको छ। मार्च १० देखि चीनले अमेरिकी कुखुरा, गहुँ, मकै र कपासमा थप १५ प्रतिशत ट्यारिफ लगाउनेछ र अमेरिकी भटमास, जुवार, सुँगुर, गाईको मासु, समुद्री खाना, फलफूल, तरकारी र दुग्धजन्य पदार्थको आयातमा १० प्रतिशत ट्यारिफ लगाउनेछ।

वास्तवमा अमेरिकाले आफ्नो देशमा लागूपदार्थ नियन्त्रण गर्न चीनको ट्यारिफ दोब्बर गरेको छ। अमेरिकाले फेन्टानिल उत्पादनमा प्रयोग हुने रसायन चीनले आपूर्ति गर्दै आएको दाबी गरेको छ। तर, अमेरिकाको दाबी चीनले अस्वीकार गरेको छ। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS