IME Life New

विश्वप्रसिद्ध टाइटानिक जहाज बनाउने कम्पनी पल्टियो टाँट, मन्दी नै आएको हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वप्रसिद्ध टाइटानिक बनाउने १६३ वर्ष पुरानो बेलायती कम्पनी हारल्यान्ड एन्ड ऊल्फले आफूलाई टाँट पल्टिएको छ।

कम्पनीले आफ्नो सञ्चालनका लागि पैसा नभएको जनाएको छ। कम्पनीले यसअघि नै आफ्ना कर्मचारीलाई गैरकोर अपरेसनमा कटौती गर्न लागेको जनाएको छ। यो कम्पनीले सन् १९१२ मा टाइटानिक जहाज बनाएको थियो। जुन आफ्नो पहिलो यात्रामा आइसबर्गमा ठोक्किएपछि डुबेको थियो। कम्पनीले अब जहाज मर्मत र हरियाली ऊर्जामा ध्यान केन्द्रित गरिरहेको छ।

Esewa
Crest

घाटामा रहेको कम्पनीले आगामी दिनमा प्रशासनिक कारबाही सुरु गर्ने जनाएको छ। यो एक प्रक्रिया हो, जसमा आफ्नो ऋण तिर्न असफल भएको कम्पनी बेचिँदैन तर पुनर्संरचना गरिन्छ। कम्पनीले बेलायती सरकारसँग २६ करोड ४० लाख डलर मागेको छ। तर, सरकारले त्यसलाई अस्वीकार गरेको बताइएको छ। यसले कम्पनीको समस्या बढाएको छ।

कम्पनीको मुख्य कार्यहरुमा बेलफास्ट सिपयार्ड समावेश छ। जहाँ टाइटानिक निर्माण गरिएको थियो। कम्पनीले बेलायत सरकारलाई तीनवटा युद्धपोत बनाउन सहयोग गरिरहेको छ। प्रशासनको कारबाहीले आयोजनालाई असर नगर्ने कम्पनीको भनाइ छ।

कम्पनीका अन्तरिम कार्यकारी निर्देशक रसेल डाउन्सले समूह निकै कठिन समयबाट गुज्रिरहेको बताए। ‘कम्पनीले दीर्घकालीन ऋण पाउन सकेका छैन। त्यसैले कम्पनीे ४ यार्ड सुरक्षित राख्न कठिन निर्णय लिनुपरेको छ’, उनले भने।

हारल्यान्ड एन्ड वल्फ टाँट पल्टिन लागेको यो पहिलोपटक होइन। सन् २०१९ मा बेलायती सरकारले कम्पनीको पुनर्संरचना गर्न प्रशासक नियुक्त गरे पनि केही महिनापछि ऊर्जा कम्पनी इन्फ्रास्ट्राटाले खरिद गरेको थियो। गत वर्ष कम्पनीले दुई दशकमा पहिलो जहाज वितरण गरेको थियो।

विश्लेषकहरुले भने अहिले विश्वमै मन्दीको डर बढिरहेको बताएका छन्। यो ऐतिहासिक कम्पनी टाँट पल्टिनुमा पनि मन्दीकै कारण रहेको उनीहरुको भनाइ छ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS