IME Life New

विश्वनाथ केडियाको जीवनीमा आधारित पुस्तक विमोचन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्व. उद्योगपति, समाजसेवी, केडिया अर्गनाइजेशनका निर्देशक, यस फाउण्डेशनका तत्कालिन अध्यक्ष विश्वनाथ केडियाको जीवनीमा आधारित पुस्तक “अथक शान्त साधकःविश्वनाथ केडिया” नामक ग्रन्थको सम्माननीय उपराष्ट्रपति राम सहाय यादवज्यूले होटल मेरियट नक्सालमा आयोजित एक भव्य समारोह बीच विमोचन गरे ।

२०८० जेष्ठ ११ गतेका दिन ग्रन्थको विमोचन गर्दै उपराष्ट्रपति यादवले स्व. केडियाले देश र समाजको लागि पुर्याएको योगदान उल्लेखनिय रहेको बताए । उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा यथेष्ट कार्यहरु गर्नु भएको र भविष्यका पिडीले यसलाई अनुकरण गर्दै जानु पर्नेमा जोड दिए । समारोहमा स्व.केडियाका छोरा तथा सुशील केडिया सेवा फाउण्डेशनका नाति रचित केडियाले हजुरबुवासंग आफूले बिताएका सुनौलो क्षणहरुको स्मरण गरे ।

Esewa
Crest

यस अघि ग्रन्थका सम्पादक आर.पी. भट्टराईले स्वागत मन्तव्य दिँदै उनले पुस्तक बारे संक्षिप्त जानकारी दिएका थिए । विमोचन समारोहको प्रारंभमा दिवंगत आत्माको चीर शान्तिको लागि १ मिनेट मौन धारण गरिएको थियो भने स्व. केडियाको जीवनमा आधारित ५ मिनेटको श्रव्य दृष्य सामग्री प्रदर्शन पनि गरिएको थियो ।

समारोह स्व.केडियाका दाजु तथा केडिया अर्गनाइजेशनका अध्यक्ष तारा चन्द केडियाको सभापतित्वमा सम्पन्न भएको थियो । उनले उपराष्ट्रपतिज्यूको हातबाट विश्वबावुको जीवनी विमोचन हुनु समस्त केडिया परिवारको लागि गौरवको क्षण भएको उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS