IME Life New

विश्वको यो मुलुकमा बेरोजगारी चरम सीमामा, शीर्ष १० मा कुन–कुन देश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वमा बेरोजगारी दर लगातार बढिरहेको छ। पछिल्लो तथ्यांकले विश्वमा बेरोजगारी चरम सीमा पुगेको देखाएको छ।

हालै वर्ल्ड अफ स्टाट्याटेक्सिले हालै उच्च बेरोजगारी भएका १० देशको सूची सार्वजनिक गरेको छ। सार्वजनिक सूचीको पहिलो स्थानमा दक्षिण अफ्रिका रहेको छ। यो देशको बेरोजगारी दर ३१.९ प्रतिशत रहेको छ।

Esewa
Crest

यसैगरी उच्च बेरोजगारी दर भएको देशको सूचीको दोस्रो स्थानमा स्पेन र तेस्रोमा टर्की रहेको छ। बेरोजगारी दर स्पेनमा ११.८४ प्रतिशत र टर्कीमा ८.५ प्रतिशत रहेको छ।

उच्च बेरोजगारीको मामिलामा इटाली चौथो नम्बरमा रहेको छ। यो देशको बेरोजगारी दर ७.८ प्रतिशत रहेको छ।

यो सूचीको पाँचौँ स्थानमा ब्राजिल र छैटौँ स्थानमा फ्रान्स रहेको छ। यी देशमा बेरोजगारी दर क्रमशः ७.६ र ७.४ प्रतिशत रहेको छ।

उच्च बेरोजगारी भएको देशको सूचीमा भारतमा सातौँ स्थानमा रहेको छ। त्यहाँ बेरोजगारी दर ७.१ प्रतिशत रहेको छ।

आठौँ स्थानमा जर्मनी रहेको छ। यो देशमा बेरोजगारी दर ५.९ प्रतिशत रहेको छ।

यो सूचीमा क्यानडा नवौँ स्थानमा र अर्जेन्टिना १० औँ स्थानमा छन्। बेरोजगारी दर क्यानडामा ५.८ प्रतिशत र अर्जेन्टिनामा ५.७ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS