IME Life New

विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा २२ वर्षपछि देखियो यस्तो जोखिम, आर्थिक संकट झनै गहिरिने संकेत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा देखिएको संकट गहिरिँदै गएको छ। घरजग्गा कारोबार र शेयर बजार डुब्दा लगानीकर्ताको अवस्था पहिलेदेखि नै नाजुक थियो। अहिले चिनियाँ सरकारी ऋणपत्रको यिल्ड पनि कीर्तिमानी न्यून स्तरमा झरेको छ।

समस्या यो छ कि लगानीकर्ताले चिनियाँ सरकारी ऋणपत्रमा पैसा लगानी गरिरहेका छन्। जसका कारण तिनीहरुको मूल्य धेरै बढेको छ। मूल्यवृद्धिका कारण यिल्डमा ठूलो गिरावट आएको छ।

Esewa
Crest

चीनको १० वर्षीय सरकारी ऋणपत्रको यिल्ड २.१८ प्रतिशतमा झरेको छ। यो अहिलेसम्मको सबैभन्दा कम स्तर हो। यी बन्ड २००२ मा सुरु गरिएको थियो। यसलाई चीनमा धेरै प्रकारका ब्याज दरहरुका लागि बेन्चमार्क मानिन्छ।

२० वर्ष र ३० वर्षका ऋणपत्रहरुमा यिल्ड पनि ऐतिहासिक न्यून छ। मूल्यवृद्धिका कारण लगानीकर्ताले प्राप्त गरेको प्रतिफल अर्थात् ऋणपत्रको यिल्ड घटेको छ। उधारो लागतमा आएको गिरावट रियल स्टेट संकट, उपभोक्ता खर्चमा आएको मन्दी र व्यापारिक विश्वासमा आएको गिरावटबाट पुनः प्राप्ति गर्न खोजिरहेको चीनको अर्थतन्त्रका लागि राम्रो कुरा हो। तर, ऋणको यिल्डमा भएको ठूलो परिवर्तनले चीनका नीति निर्माताहरुलाई चकित पारेको छ। यसले सिलिकन भ्याली बैंकजस्तो अवस्था सिर्जना हुन सक्ने उनीहरुको डर छ। गत वर्ष यो अमेरिकी बैंक टाँट पल्टेको थियो।

चीनको पिपुल्स बैंक अफ चाइना (पीबीओसी) ले अप्रिलदेखि १० पटक चेतावनी जारी गरिसकेको छ। बैंकले ऋणपत्रको बुलबुला जुनसुकै बेला फुट्न सक्ने चिन्ता व्यक्त गरेको छ। यसले चीनको वित्तीय बजारमा अस्थिरता निम्त्याउन सक्छ र अर्थतन्त्रको रिकभरीलाई पटरीबाट हटाउन सक्छ।

यो बैंक अहिले एउटा अनौठो काममा लागिरहेको छ। उसले मूल्य नियन्त्रण गर्न ऋणपत्र उधारोमा बेचिरहेको छ। बैंकका गभर्नर पान गोङसेङले गत महिना सांघाईमा भएको वित्तीय मञ्चमा भनेका थिए, ‘अमेरिकाको सिलिकन भ्याली बैंकले हामीलाई केन्द्रीय बैंकले वित्तीय बजारमा नजिकबाट नियाल्नुपर्छ भनेर सिकाएको छ।’

चीनका केही गैरबैंकिङ संस्थाहरुले ठूलो मात्रामा सरकारी ऋणपत्र राख्छन्। यसमा बीमा कम्पनी, लगानी कोष र अन्य वित्तीय कम्पनी समावेश छन्। सिलिकन भ्याली बैंक गत वर्ष टाट पल्टियो। सन् २००८ को ग्लोबल फाइनान्सियल क्राइसिसपछि टाट पल्निे यो सबैभन्दा ठूलो बैंक हो। यस बैंकसँग अर्बौं डलरबराबरको सरकारी ऋणपत्र थियो।

फेडरल रिजर्भले मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर बढाएको छ। यसले बन्डको मूल्य घट्यो र सिलिकन भ्याली बैंकको अवस्था बिग्रियो। त्यसैले ऋणपत्र बजारको अनुगमन गरिएन भने देशमा पनि यस्तै संकट आउन सक्ने चिनियाँ नीति निर्माताहरुको डर छ।

यस वर्ष चिनियाँ सरकारी ऋणपत्रको मूल्य निकै बढेको छ। यसको कारण भनेको देशको अर्थतन्त्रप्रति लगानीकर्ता ढुक्क नहुनु हो। यस्तो अवस्थामा उनीहरु ऋणपत्र किनिरहेका छन्। बैंकहरुले धेरै नगद जम्मा गरेकाले कम्पनीहरुले पनि कम ऋण लिइरहेका छन्। यसका लागि उनीहरुले ऋणपत्र खरिद गरिरहेका छन्।

सिलिकन भ्याली बैंकजस्ता चिनियाँ वित्तीय संस्थाहरुले देशको दीर्घकालीन सरकारी ऋणपत्रहरुमा ठूलो लगानी गरेका छन्। ऋणपत्र बजारको बुलबुले फुटेर मूल्य घटेमा र यिल्ड बढेमा बैंकहरुलाई ठूलो नोक्सान हुने चिनियाँ सरकारलाई डर छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

50%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS