IME Life New

विश्वको औसतभन्दा नेपालको आर्थिक वृद्धिदर सन्तोषजनक रहने विश्व बैंकको प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व बैंकले विश्व अर्थतन्त्रको तुलनामा नेपालको आर्थिक वृद्धिदर सन्तोषजनक रहने प्रक्षेपण गरेको छ।

विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो। सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर २.४ प्रतिशत रहने विश्व बैंकको अनुमान छ। चालु आर्थिक वर्ष २०८०/८१ मा भने नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण विश्व बैंकको छ।

Esewa
Crest

विश्व बैंकले आव २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत रहने प्रक्षेपण गरेको थियो। आउँदो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशतसम्मको हुन सक्ने विश्व बैंकको अनुमान छ।

यद्यपि, सन् २०२५ मा भने विश्व अर्थतन्त्रको विस्तार २.७ प्रतिशतमात्र रहने प्रक्षेपण विश्व बैंकको छ।

दक्षिण एसियामा भारतको आर्थिक वृद्धिदर उच्च रहने विश्व बैंकको अनुमान छ। अघिल्लो वर्ष ७.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको भारतको आगामी वर्ष ६.५ प्रतिशत रहने प्रक्षेपण प्रतिवेदनमा गरिएको छ।

यसैगरी सन् २०२४ मा बंगलादेशको ५.६ प्रतिशत, माल्दिभ्सको ५.२ प्रतिशत, भुटानको ४ प्रतिशत र श्रीलंका तथा पाकिस्तानको समान १.७ प्रतिशतले आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैंकको प्रक्षेपण रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS