IME Life New

विश्वकै धनीव्यक्ति एलन मस्कमाथि पैसाको वर्षा, ३०० अर्ब डलर नाघ्यो सम्पत्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा डोनाल्ड ट्रम्प विजयी हुनेबित्तिकै विश्वकै धनीव्यक्ति एलन मस्कमाथि पैसाको वर्षा हुन थाल्यो। उनको सम्पत्तिमा हरेक दिन भारी उछाल आइरहेको छ। यसै कारणले एलन मस्कको कुल सम्पत्ति ३०० अर्ब डलर नाघेको छ। पछिल्लो २४ घन्टामा मस्कको सम्पत्ति १७.४ अर्ब डलरले बढेको छ।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार पछिल्लो १७.४ अर्ब डलरको वृद्धिपछि एलोन मस्कको कुल सम्पत्ति ३१४ अर्ब डलर पुगेको छ। अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको विजयपछि उनको नेटवर्थमा लगातार वृद्धि भइरहेको छ।

Esewa
Crest

एलन मस्कको नेटवर्थमा यो उछालको सबैभन्दा ठूलो कारक उनको इलेक्ट्रिक कार कम्पनी टेस्लाको शेयर हो। जसको भाउ तीव्रगतिमा बढिरहेको छ। पछिल्लो ५ दिनमा मात्रै ३१.४६ प्रतिशतले बढेको छ र यस अवधिमा एउटा शेयरको मूल्य ७६.८८ डलरले बढेको छ।

यतिमात्र होइन भर्खरै टेस्लाको स्टक पनि आफ्नो नयाँ सर्वकालीन उच्च स्तरमा पुगेको छ। जुन प्रतिशेयर ३२८.७१ डलर हो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS