IME Life New

विश्वकै धनीव्यक्ति एलन मस्कलाई ज्यान मार्ने धम्की

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डीओजीई) प्रमुख एवं विश्वकै धनीव्यक्ति एलन मस्कले आफूलाई ज्यान मार्ने धम्की आइरहेको बताएका छन्।

ट्रम्पको मन्त्रिपरिषद्को पहिलो बैठक बुधबार बसेको छ। बैठकमा मस्क पनि सहभागी थिए। बैठकमा उनले आफूलाई ज्यान मार्ने धेरै धम्की आएको सुनाए।

Esewa
Crest

ह्वाइट हाउसमा मन्त्रिपरिषद्को बैठक सुरु हुना साथ ट्रम्पले मस्कलाई उनको विभागको कामका बारेमा प्रश्न गरेका थिए। यसबारे मस्कले विभागमा निकै मेहनत गरिरहेको बताए। ‘हामीले धेरै सरकारी पैसा बचत गर्नुपर्छ’, मस्कले भने, ‘विभागको टोली यस कार्यमा संलग्न छ। हाम्रो उद्देश्य सरकारी खर्चलाई नियन्त्रण गर्ने हो। यदि हामीले यो गरेनौँ भने अमेरिका बर्बाद हुनेछ।’

राष्ट्रिय हितका लागि काम गरिरहँदा पनि आफू लगातार ज्यान मार्ने धम्की पनि आइरहेको मस्कले बताए। ‘अहिले हाम्रो देश २ ट्रिलियन डलरको घाटामा छ’, उनले भने, ‘तर म विश्वास छ कि हामीले गल्ती गरिहेका छौँ। जब हामी गल्ती गर्छौं, हामी त्यो गल्ती कति छिटो सुधार्छौं, यो ठूलो प्रश्न हो।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS