IME Life New

विश्वकै दोस्रो ठूलो अर्थतन्त्रमा गहिरिँदै संकट, फेरि अर्को रियल स्टेट कम्पनी डुब्ने अवस्थामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक चीनको अर्को रियल स्टेट कम्पनी टाँट पल्टिने अवस्थामा पुगेको छ। चीनका १२ ठूला बैंकले यो कम्पनीलाई बचाउन कडा मेहनत गरिरहेका छन्। विश्वको दोस्रो ठूलो अर्थतन्त्रका दुई ठूला रियल स्टेट कम्पनी एभरग्रान्ड र कन्ट्री गार्डेन पहिले नै टाँट पल्टिसकेका छन्। अदालतले यी दुवै कम्पनीलाई बिक्री गर्न आदेश दिएको छ।

अहिले फेरि अर्को रियल स्टेट कम्पनी चाइना भान्के पनि त्यही बाटोमा छ। यो चीनको सबैभन्दा ठूला प्रपर्टी डेभलपर्समध्ये एक हो। मुडिजले चाइना भान्केको क्रेडिट रेटिङलाई जंक श्रेणीमा राखेको छ। चिनियाँ सरकारी मिडियाका अनुसार चीनका १२ ठूला बैंकले यो कम्पनीलाई बचाउन खोजिरहेका छन्। जसमा देशका ६ ठूला सरकारी बैंक छन्।

Esewa
Crest

बैंकले अबको केही महिनामा अर्बौं रुपैयाँ तिर्नुपर्नेछ। तर कम्पनीको अवस्था नाजुक छ। अब यसलाई डुब्नबाट जोगाउन चीनका १२ ठूला बैंकले कम्पनीलाई ११ अर्ब २ करोड डलर ऋण दिन वार्ता गरिरहेका छन्। करिब ४० वर्षअघि स्थापना भएको यो कम्पनी चीनको दोस्रो ठूलो डेभलपर्र्स हो। तर, घरको मागमा भारी गिरावट र भाउ घटेपछि यो कम्पनीको आर्थिक अवस्था नाजुक भएको छ।

सन् २०२१ मा एभरग्रान्डले ऋण तिर्न नसकेपछि चीनको रियल स्टेट क्षेत्रले संघर्ष गरिरहेको छ। त्यसपछि धेरै कम्पनीहरु यसको सिकार भए। यस संकटका कारण घर खरिदकर्ता, लगानीकर्ता र कम्पनीहरुको विश्वास नराम्ररी डगमगाएको छ। यसका कारण चीनको कुल गार्हस्थ्य उत्पादनको करिब ३० प्रतिशत हिस्सा रियल स्टेटले ओगटेको छ। बैंकहरुले घरजग्गामा धेरै पैसा लगानी गरेका छन्। घरजग्गा डुब्दा बैंकको अवस्था पनि नाजुक छ र यसले समग्र अर्थतन्त्र नै डुब्ने डर छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS