IME Life New

विश्वकै तेस्रो ठूलो एयरलाइन्स बन्यो इन्डिगो, पछि पर्यो साउथवेस्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतको इन्डिगो एयरलाइन्स बजार पुँजीकरणको हिसाबले विश्वकै तेस्रो ठूलो उड्यन कम्पनी बनेको छ।

कम्पनीको बजार पुँजीकरण १७.६ अर्ब डलर पुगेको छ। साउथवेस्ट एयरलाइन्सलाई पछि पार्दै इन्डिगोले यो स्थान हासिल गरेको हो । विश्व एयरलाइन्सको यो सूचीमा अमेरिकाको डेल्टा एयरलाइन्स पहिलो नम्बरमा छ । यसको बजार पुँजीकरण २६.५ अर्ब डलर रहेको छ। तेस्रो रायनएयर होल्डिंग्स रहेको छ। यो कम्पनीको बजार पंजीकरण २६.५ अर्ब डलर रहेको छ।

Esewa
Crest

गत वर्ष मार्चमा इन्डिगो बजार पुँजीकरणको हिसाबले ग्लोबल एयरलाइन्सको सूचीमा १४ नम्बरमा थियो। इन्डिगोले डिसेम्बर २०२३ मा युनाइटेड एयरलाइन्सलाई उछिनेको थियो र यस वर्ष जनवरीमा एयर चाइना र फेब्रुअरीमा सिंगापुर एयरलाइन्सलाई उछिनेको थियो।

यो कम्पनीको शेयरले पछिल्लो १ वर्षमा १०२.५५ प्रतिशत प्रतिफल दिएको छ । यो विगत ६ महिनामा ५०.२५ प्रतिशत, एक महिनामा १८.२५ प्रतिशत र यस वर्षको जनवरी १ देखि २७७८ प्रतिशतले बढेको छ ।

भारतको नागरिक उड्यन महानिर्देशनालय (डीजीसीए)को पछिल्लो तथ्याकअनुसार भारतको उड्यन क्षेत्रमा इन्डिगोको ६०.२ प्रतिशत हिस्सा छ। यात्रु सख्याका आधारमा एयर इन्डिया दोस्रो स्थानमा छ । जसको हिस्सा १२.२ प्रतिशत छ। यद्यपि टाटा समूहअन्तर्गत चन्ने एयरलाइन्सको कुल हिस्या २८.२ प्रतिशत छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

32%
happy

खुसी

11%
sad

दु :खी

32%
amazed

अचम्मित

5%
excited

उत्साहित

21%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS