IME Life New

विश्वकै ठूलो अर्थतन्त्रमा गहिरियो मन्दीको संकट, १.३० लाखको जागिर चट्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वकै ठूलो अर्थतन्त्र अमेरिकामा मन्दीको डर गहिरिँदै गएको छ। अमेरिकाको मन्दीले विश्वभरको प्राविधिक क्षेत्रमा ठूलो असर पर्ने देखिएको छ।

हालै प्रकाशित रिपोर्ट अनुसार यो वर्ष विश्वभर १ लाख ३० हजार कर्मचारीको जागिर गुमेको छ। सिस्को, इन्टेल, माइक्रोसफ्टजस्ता ठूला कम्पनीले आफ्ना कर्मचारीलाई पिंक स्लिप जारी गरेका छन्। आगामी दिनमा यो कर्मचारी कटौतीको शृंखला नरोकिने देखिएको छ।

Esewa
Crest

यसो भन्नुको कारण अमेरिकामा मन्दीको डर बढ्न थालेको छ। जसका कारण विश्व अर्थतन्त्रमा संकटको बादल मडारिरहेको छ। आईटीबाहेक विश्वमा अन्य धेरै क्षेत्र पनि प्रभावित हुन सक्छन्।

अमेरिकामा धेरै प्रमुख आर्थिक सूचकमा कमजोरीका संकेत देखिएका छन्। बेरोजगारी दाबी जनवरीमा न्यून स्तरबाट उल्लेखनीय रुपमा बढेको छ। बेरोजगारी दर जुलाईमा ४.३ प्रतिशत पुगेको छ। जुन ३ वर्षयताकै उच्च हो।

यसबाहेक मैन्युफ्याक्चरिङ पीएमआई ९ महिनायताकै न्यून स्तरमा झरेको छ।

सम्भावित मन्दीको डरले अमेरिकी शेयर बजारमा निकै उतारचढाव देखिएको छ। यद्यपि, अमेरिकी फेडरल रिजर्भले सेप्टेम्बरमा ब्याजदर कटौतीको संकेत गरेपछि बजारको अपेक्षा बढेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS