IME Life New

विश्वकै ठूलो अर्थतन्त्रमा मन्दीको त्रास, एसियाली शेयर बजारमा भारी गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वकै ठूलो अर्थतन्त्र अमेरिकामा मन्दीको त्रासबीच सोमबार एसियाली शेयर बजारमा भारी गिरावट आएको छ। गत साता विश्वभरका शेयर परिसूचक घटेपछि सोमबार एसियाली बजारमा पनि गिरावट देखिएको हो।

यो गिरावट भारतीय बजारमा पनि देखिएको छ। हाल निफ्टीमा लगभग ७२० अंक र सेन्सेक्समा करिब २२०० अंकको गिरावट देखिएको छ।

Esewa
Crest

जापानको इन्डेक्स निक्केई २२५ ७.३ प्रतिशतले घटेको छ भने टोपिक्स ८ प्रतिशतले घटेको छ। ताइवानको मुख्य स्टक सूचकांक ७.७ प्रतिशतले घटेको छ। चिप उत्पादन गर्ने विशाल टीएसएमसीको शेयरभाउ ८.४ प्रतिशतले घटेको छ।

दक्षिण कोरियाको कोस्पी परिसूचक ६.६ प्रतिशतले घटेको छ। सामसुङलगायत चिप उत्पादन गर्ने कम्पनीको कारोबारमा गिरावट आएको छ। तर, हङकङको ह्याङ सेङमा ०.२ प्रतिशत मात्रै गिरावट आएको छ। अर्कोतर्फ सांघाई स्टक एक्सचेन्जमा भने सामान्य वृद्धि भएको छ।

क्रिप्टोकरेन्सीमा पनि गिरावट आएको छ। एउटा बिटक्वाइनको मूल्य करिब ५३ हजार डलर पुगेको छ। जुन फेब्रुअरीयताकै न्यून स्तर हो।

अमेरिकामा शुक्रबार रोजगारीसम्बन्धी तथ्यांक सार्वजनिक भएपछि न्युयोर्कमा शेयरमा भारी गिरावट आएको छ। रोजगारीसम्बन्धी तथ्यांक सार्वजनिक भएपछि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा मन्दी आउने डर छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS