IME Life New

विश्वकै ठूलो अर्थतन्त्र ऋणले चुर्लुम्म, बढ्यो डिफल्ट हुने खतरा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो। अमेरिकाको स्तरमा कोही छैन।

आईएमएफका अनुसार अमेरिकाको जीडीपी २८.७८३ ट्रिलियन डलर छ भने चीन १८.५३६ ट्रिलियन डलरको साथ दोस्रो स्थानमा छ। तर अमेरिकाको ऋण हालैका वर्षहरुमा द्रुत रुपमा बढेको छ। अमेरिकाको ऋण ३४ ट्रिलियन डलर नाघेको छ। जुन जीडीपीको १२५ प्रतिशत हो।

Esewa
Crest

मिडिया रिपोर्टका अनुसार यस वर्ष अमेरिकाले १ ट्रिलियन डलर ऋणको ब्याज तिर्नुपर्नेछ। जुन उसको रक्षा बजेटभन्दा बढी हो। यो अमेरिकाको इतिहासमा पहिलोपटक हुनेछ जब देशको वार्षिक ब्याज भुक्तानी रक्षा बजेटभन्दा बढी हुनेछ। गत वर्ष अमेरिकाले ब्याज भुक्तानीमा खर्च गरेको रकम २५ वर्षयताकै उच्च थियो र यो दोस्रो विश्वयुद्धको स्तरभन्दा पनि बढी हो।

ऋण बढ्दै जाँदा अमेरिका डिफल्ट हुने खतरामा छ। अमेरिकाको ऋण–जीडीपी अनुपात १२५ प्रतिशतको नजिक पुगेको छ।

तथ्यांक हेर्दा सन् १८०० पछि ५२ देशको ऋण–जीडीपी अनुपात १३० प्रतिशतभन्दा बढी भएको छ। जसमध्ये ५१ देश डिफल्टर बनेका थिए। यही कारणले गर्दा अमेरिकामा पनि तीव्र गतिमा बढिरहेको ऋणप्रति चिन्ता व्यक्त गरिएको छ। निकट भविष्यमा अमेरिका डिफल्टर हुने खतरा नरहेको विज्ञहरु बताउँछन् तर यो अवस्थालाई बेवास्ता गरिएमा यसले गम्भीर दीर्घकालीन परिणाम निम्त्याउन सक्छ। अमेरिकाको ऋण ३४ ट्रिलियन डलरभन्दा माथि पुगेको छ।

पछिल्लो २४ वर्षमा अमेरिकाको ऋण ६ गुणा बढेको छ। सन् २००० मा अमेरिकाको ऋण ५.७ ट्रिलियन डलर थियो। जुन अहिले ३४ ट्रिलियन डलरभन्दा माथि पुगेको छ। यो सन् २०१० मा १२.३ ट्रिलियन डलर र सन् २०२० मा २३.२ ट्रिलियन डलर थियो।

अमेरिकी कंग्रेसको बजेट दस्तावेजअनुसार आगामी दशकसम्म अमेरिकाको ऋण ५४ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ। पछिल्लो ३ वर्षमा मात्रै अमेरिकाको ऋण १० ट्रिलियन डलरभन्दा बढीले बढेको छ। अमेरिकाले ब्याज भुक्तानीमा दैनिक १.८ अर्ब डलर खर्च गर्नुपर्ने हुन्छ। सरकारको आम्दानी घटेको र खर्च बढेको स्पष्ट छ। विश्लेषकहरुका अनुसार यो अवस्था देशको अर्थतन्त्र र राष्ट्रिय सुरक्षाका लागि राम्रो होइन।

अमेरिकाको ९.३ ट्रिलियन डलर संघीय ऋण आगामी १२ महिनामा परिपक्व हुनेछ। गत वर्ष अगस्टमा फिचले अमेरिकी सार्वभौम ऋणको मूल्यांकन एए प्लसबाट घटाएर एएए गरेको थियो। यसपछि नोभेम्बरमा मुडिजले अमेरिकाको एएए कटौती गर्न सक्ने चेतावनी दिएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

68%
happy

खुसी

3%
sad

दु :खी

24%
amazed

अचम्मित

3%
excited

उत्साहित

3%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS