IME Life New

विश्वकै ठूलो अर्थतन्त्रमा सर्वाधिक धनाढ्यको बास, शीर्ष १० मा कुन-कुन देश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं विश्वका धनीव्यक्तिको सूचीमा शीर्ष १० मध्ये ९ जना अमेरिकी छन्। अमेरिकामै विश्वका सबैभन्दा धेरै अतिधनी मानिस बसोबास गर्छन्। सुपर रिच वर्गमा ३ करोड डलरभन्दा बढी सम्पत्ति भएका व्यक्ति पर्छन्।

नाइट फ्रान्क वेल्थ रिपोर्ट २०२४ अनुसार अमेरिकामा विश्वकै सबैभन्दा धेरै धनाढ्य मानिस छन्। विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा २ लाख २५ हार ७७ धनीव्यक्ति बसोबास गर्छन्। उनीहरुको कुल सम्पत्ति ३ करोड डलरभन्दा बढी छ।

Esewa
Crest

यो सूचीको दोस्रो स्थानमा चीन छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा ९८ हजार ५५१ व्यक्ति सुपर धनी वर्गमा पर्छन्। यसपछि जर्मनीको पालो आउँछ। हालै जापानलाई उछिन्दै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बनेको जर्मनीमा २९ हजार २१ धनी व्यक्ति छन्। जसको कुल सम्पत्ति ३ करोड डलरभन्दा बढी छ।

क्यानडामा त्यस्ता व्यक्तिको संख्या २७ हजार ९२८ रहेको छ भने युरोपेली मुलुक फ्रान्समा २४ हजार ९४१ धेरै धनी छन्। यसपछि बेलायत (२३ हजार ७२), एसियाली देश जापान (२१ हजार ७१०), इटाली (१५ हजार ९५२), अस्ट्रेलिया (१५हजार ३४७) र स्विट्जरल्यान्ड (१४ हजार ७३४) छन्। यी सबै देश शीर्ष १० मा परेका छन्।

यो सूचीमा भारत ११ नम्बरमा छ। भारतमा ३ करोड डलर बढी सम्पत्ति भएका व्यक्तिको संख्या १३ हजार २६३ छ। स्पेनमा यस्ता व्यक्तिको संख्या १० हजार १४९ छ। नेदरल्यान्ड, ताइवान, दक्षिण कोरिया र हङकङमा त्यस्ता धनीव्यक्तिको संख्या ५ हजारभन्दा बढी छ।

त्यस्तै सिंगापुर र स्विडेनमा अतिधनी व्यक्तिको संख्या ४ हजारभन्दा बढी छ। न्युजील्यान्ड र नर्वेमा यो संख्या २ हजार भन्दा बढी छ जब कि टर्की, आयरल्यान्ड, इन्डोनेसिया र फिनल्यान्डमा १ हजारभन्दा बढी अतिधनी व्यक्ति छन्। थाइल्यान्ड, दक्षिण कोरिया, पोर्चुगल, मलेसिया र भियतनाममा धनाढ्य व्यक्तिको संख्या ०० भन्दा बढी छ। बाँकी विश्वमा ५१ हजार ३९ व्यक्तिसँग ३ करोड डलरभन्दा बढी सम्पत्ति छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

36%
happy

खुसी

27%
sad

दु :खी

18%
amazed

अचम्मित

18%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS