IME Life New

विश्वका ८ देश मन्दीको चपेटामा, क्यानडामा पनि ८०० कम्पनी टाट पल्टिने अवस्थामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। विश्वका थुप्रै अर्थतन्त्रमा अहिले संकट मडारिरहेको छ। उनीहरु अर्थतन्त्रलाई सबल बनाउन प्रयासरत छन्।

हाल बेलायतसहित विश्वका ८ देश मन्दीमा फसेका छन्। यसमा बेलायतबाहेक डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, लक्जमबर्ग, मोल्डोभा, पेरु र आयरल्यान्ड पर्छन्। यीमध्ये ६ देश युरोपका छुन्। यस सूचीमा अफ्रिका र उत्तर अमेरिकाबाट कुनै पनि देश छैन।

Esewa
Crest

जापान मन्दीबाट केही हदसम्म जोगिएको छ। अन्य धेरै देश पनि मन्दीको जोखिममा छन्। त्यसमा जर्मनी पनि परेको छ। युरोपको यो सबैभन्दा ठूलो अर्थतन्त्र धेरै मोर्चामा संघर्ष गरिरहेको छ।

चीनको अवस्था पनि निरन्तर बिग्रँदै गएको छ। अमेरिकाको ऋण पनि निरन्तर बढ्दै गएको छ र यो जीडीपीको १२५ प्रतिशतभन्दा बढी पुगेको छ।

अब क्यानडा पनि मन्दीमा फस्ने बढेको खतरामा छ। क्यानडामा सयौँ कम्पनी टाँट पल्टिने अवस्थामा पुगेका छन्। पछिल्लो १ महिनामात्रै ८०० भन्दा बढी कम्पनीले बैंकरप्सीका लागि आवेदन दिएका छन्। यसअघि २०२३ मा क्यानडामा बैंकरप्सीको आवेदन दिने कम्पनीहरु लगभग ३० प्रतिशतले बढेको भएको थियो।

हाल क्यानडामा बैंकरप्सीका लागि आवेदन दिने कम्पनीहरुको संख्या १३ वर्षयताकै उच्च हो। कोरोना अवधिमा कम्पनीहरुलाई ४५ हजार डलरको ब्याजरहित ऋण दिइएको थियो। जसको भुक्तानीको म्याद गत जनवरीमा सकिएको थियो। साना कम्पनीहरुले क्यानाडाको जीडीपीको करिब ३३ प्रतिशत हिस्सा ओगटेका छन्।

क्यानाडा सरकारको तथ्यांकअनुसार देशको अर्थतन्त्र बलियो छ। तर, साना कम्पनी र धेरै उपभोक्ता संघर्ष गरिरहेका छन्। क्यानाडाको अर्थतन्त्र डिसेम्बरमा ०.३ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ। यसरी चौथो त्रैमासिकमा १.२ प्रतिशतले वृद्धि हुने सम्भावना छ। तेस्रो त्रैमासिकमा क्यानडाको कुल गार्हस्थ्य उत्पादनमा १.१ प्रतिशतले गिरावट आएको छ।

लगातार दुई त्रैमासिकमा आम्दानीमा आएको गिरावटलाई मन्दी भनिन्छ। यसरी हेर्दा क्यानाडा अहिले मन्दीको चपेटामा पर्नबाट जोगिएको छ। तर, गत जनवरीमा एकपछि अर्को गरी ८०० कम्पनीले बैंकरप्सीका लागि आवेदन दिएपछि मन्दीको डरले फेरि टाउको उठाउन थालेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS