IME Life New

विश्वका सबैभन्दा शक्तिशाली राष्ट्रको सूची सार्वजनिक, शीर्ष १० कुन–कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभर प्रायः शक्तिशाली र कमजोर राष्ट्रको चर्चा हुने गरेको छ। सामान्यतया, सैन्य शक्तिको आधारमा देशहरुको शक्तिलाई हेरिन्छ तर विश्वव्यापी रुपमा शक्तिको मापन बहुआयामिक छ। यसमा सैन्य शक्तिसँगै देशको राजनीतिक प्रभाव र आर्थिक स्रोतको पनि महत्वपूर्ण भूमिका हुन्छ। साथै, यसको प्रभाव अन्तर्राष्ट्रिय गठबन्धनहरुमा पनि देखिन्छ।

यूएस न्युजले सन् २०२४ मा विश्वका शक्तिशाली राष्ट्रहरुको वरियता सार्वजनिक गरेको छ। यो वरियता तयार गर्न पाँच आधार तय गरिएको छ। जसमा लिडर (विश्वको अगुवाइ), आर्थिक प्रभाव, राजनीतिक प्रभाव, बलियो अन्तर्राष्ट्रिय गठबन्धन र बलियो सैन्यशक्ति छन्।

Esewa
Crest

यूएस न्यूजको यो वरियता मोडेल बीएभी समूहले तयार पारेको हो। जुन ग्लोबल मार्केटिङ कम्युनिकेसन कम्पनी डब्ल्यूपीपीको एउटा इकाइ हो। साथै, पेन्सिल्भेनिया विश्वविद्यालयको ह्वार्टन स्कुलका प्रोफेसर डेभिड रेबस्टिनको नेतृत्वमा रहेका अन्वेषकहरुले यूएस न्युज एन्ड वर्ल्ड रिपोर्टसँगको सहकार्यमा यसलाई तयार गरेका हुन्।

वरियतामा मार्च महिनाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)का आधारमा अर्थतन्त्र र जनसंख्यालाई विशेष उल्लेख गरिएको छ। २७.९७ ट्रिलियन डलरको अर्थतन्त्रका साथ यो सूचीमा अमेरिका शीर्ष स्थानमा छ। अमेरिकाको जनसंख्या ३३९.९ मिलियन छ। दोस्रो स्थानमा चीनको अर्थतन्त्र १८.५६ ट्रिलियन डलर छ। चीनको जनसंख्या १.४२ बिलियन छ।

रुस १.९० ट्रिलियन डलर अर्थतन्त्र र १४४ मिलियन जनसंख्याका साथ तेस्रो, जर्मनी ४.७० ट्रिलियन डलर अर्थतन्त्र र ८३.२ मिलियन जनसंख्याका साथ चौथो स्थानमा र ३.५९ ट्रिलियन डलर अर्थतन्त्र र ६७.७ मिलियन जनसंख्याका साथ बेलायत पाँचौँ स्थानमा छ।

यो सूचीमा दक्षिण कोरिया छैटौँ नम्बरमा छ। दक्षिण कोरियाको अर्थतन्त्र १.७८ ट्रिलियन डलर र जनसंख्या ५१.७ मिलियन छ। ३.१८ ट्रिलियनको अर्थतन्त्र र ६४.७ मिलियन जनसंख्या भएको फ्रान्स सातौँ, ४.२९ ट्रिलियन डलरको अर्थतन्त्र र १२३.२ मिलियन जनसंख्या भएको जापान आठौँ, १.११ ट्रिलियन डलरको अर्थतन्त्र र ३६.९ मिलियन जनसंख्या भएको साउदी अरब नवौँ स्थानमा छ। दसौँ स्थानमा यूएई रहेको छ। यूएईको अर्थव्यवस्था ५३६.८३ बिलियन डलर र जनसंख्या ९.५१ मिलियन रहेको छ। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS