IME Life New

विश्वका शीर्ष १० मूल्यवान कम्पनीमा अमेरिकाको वर्चश्व, दुईवटा मात्रै अन्य देशका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका शीर्ष १० मूल्यवान कम्पनीमा अमेरिकाको वर्चश्व देखिएको छ। शीर्ष १० मूल्यवान कम्पनीमा अमेरिकाका ८ वटा रहेका छन् भने बाँकी दुईवटा अन्य देशका रहेका छन्।

विश्वका मूल्यवान कम्पनीको सूचीको शीर्ष स्थानमा एनभिडिया रहेको छ। चिप निर्माता यो कम्पनी अमेरिकामा रहेको छ। यसको बजार पुँजीकरण ३.४९ ट्रिलियन डलर रहेको छ।

Esewa
Crest

विश्वको दोस्रो मूल्यवान कम्पनी पनि अमेरिका रहेको छ। आइफोन निर्माता कम्पनी एप्पल ३.३५ ट्रिलियन डलरका साथ दोस्रो स्थानमा रहेको छ।

अमेरिकाकै दिग्गज टेक कम्पनी माइक्रोसफ्ट तेस्रो मूल्यवान कम्पनी हो। यसको बजार पुँजीकरण ३.३० ट्रिलियन डलर रहेको छ।

विश्वका दोस्रो धनीव्यक्ति जेफ बेजोसको कम्पनी अमेजन मूल्यवान कम्पनीको सूचीमा चौथो स्थानमा रहेको छ। यो अमेरिकी कम्पनीको बजार पुँजीकरण २.४७ ट्रिलियन डलर रहेको छ।

त्यस्तै सर्च इन्जिन गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटा विश्वको मूल्यवान कम्पनीको सूचीमा पाँचौँ स्थानमा रहेको छ। अल्फाबेटाको बजार पुँजीकरण २.४६ ट्रिलियन डलर रहेको छ। यो पनि अमेरिकी कम्पनी हो।

यसैगरी विश्वकै ठूलो तेल उत्पादन कम्पनी साउदी आरामको छैटौँ (१.८१ ट्रिलियन डलर), फेसबुकको माउ कम्पनी मेटा सातौँ (१.६३ ट्रिलियन डलर), विश्वकै धनीव्यक्ति एलन मस्कको ईभी निर्माता कम्पनी टेस्ला आठौँ (१.३१ ट्रिलियन डलर), ताइवानको सेमिकन्डर निर्माता कम्पनी टीएसएमसी नवौँ (१.१५ ट्रिलियन डलर) र बोर्डकम दसौँ दसौँ (१.१४ ट्रिलियन डलर) ठूला मूल्यवानी कम्पनी हुन्। आरामको साउदी र टीएसएमसी ताइवानी कम्पनी हो भने बाँकी सबै अमेरिकी कम्पनी हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS