IME Life New

विश्वका शीर्ष धनाढ्यः सबैभन्दा धेरै गुमाउने पहिलो स्थानमा, धेरै कमाउने दोस्रोमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्ष २०२५ को पहिलो दुई महिना बितिसकेको छ। यो वर्ष विश्वकै धनीव्यक्ति एलन मस्कले सबैभन्दा धेरै पैसा गुमाए भने फेसबुकका संस्थापक मार्क जुकरबर्गले सबैभन्दा बढी कमाएका छन्।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार टेस्ला, स्पेसएक्स र एक्सलगायतका धेरै कम्पनी सञ्चालन गर्ने मस्कको कुल सम्पत्ति यस वर्ष ८१.४ अर्ब डलरले घटेको छ। यसका बाबजुद पनि उनी ३५१ अर्ब डलरको सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा पहिलो स्थानमा छन्।

Esewa
Crest

विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबुकको अभिभावक मेटा प्लेटफर्मका सीईओ जुकरबर्गको सम्पत्तिमा यस वर्ष सबैभन्दा बढी उछाल आएको छ। यो वर्ष उनको कुल सम्पत्ति २८.२ अर्ब डलरले बढेको छ। उनी २३६ अर्ब डलरको सम्पत्तिसहित विश्वका धनीव्यक्तिको सूचीमा दोस्रो स्थानमा छन्। यद्यपि, मस्क र जुकरबर्गको सम्पत्तिमा ११५ अर्ब डलरको अन्तर छ।

विश्वका धनीहरुको सूचीमा मस्क र जुकरबर्गपछि अमेजनका संस्थापक जेफ बेजोस (२३२ अर्ब डलर) तेस्रो, बर्नार्ड अर्नाल्ट (१९२ अर्ब डलर) चौथो, ल्यारी एलिसन (१८७ अर्ब डलर) पाँचौँ, बिल गेट्स (१६५ अर्ब डलर) छैटौँ, वारेन बफेट (१६५ अर्ब डलर) सातौँ, ल्यारी पेज (१५४ अर्ब डलर) आठौँ, सर्गेई ब्रिन (१४५ अर्ब डलर) नवौँ र स्टिभ बाल्मर (१३९ अर्ब डलर)का दसौँ स्थानमा छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS