IME Life New

विश्वका शीर्ष अर्बपतिको पहिलो जागिर के थियो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलन मस्क विश्वकै धनीव्यक्ति हुन् । उनले टेस्ला, ट्विटर (हाल एक्स) र स्पेसएक्सलगायतका धेरै कम्पनी चलाइरहेका छन्।

एलन मस्कको कुल सम्पत्ति ३७६ अर्ब डलर छ। उनी विश्वको पहिलो ट्रिलियनियर बन्न सक्ने विश्वास गरिन्छ। उनीसँग प्रतिस्पर्धामा टाढा–टाढासम्म कोही पनि छैन। तर, उनको पहिलो काम बोइलर रुम क्लिनरका रुपमा थियो।

Esewa
Crest

पेसाले इन्जिनियर भएका मस्कले सन् १९८९ मा क्यानडाको एउटा काठ मिलमा बोइलर रुम क्लिनरको रुपमा काम गरेका थिए। यसका लागि उनले प्रत्येक घन्टा १८ डलर पाउँथे । तर, यो काम धेरै खतरनाक थियो र हाइपरथर्मियाबाट बच्नका लागि उसले हरेक १५ मिनेटमा अन्य कामदारसँग स्थान परिवर्तन गर्नुपर्थ्यो।

विश्वको दोस्रो धनीव्यक्ति र अमेजनका संस्थापक जेफ बेजोसले म्याकडोनाल्ड्समा कुकका रुपमा पहिलो काम गर्थे। बेजोसको कुल सम्पत्ति आज २४६ अर्ब डलर पुगेको छ।

यसैगरी संसारको सबैभन्दा मूल्यवान कम्पनी एप्पलका सहसंस्थापक स्टिभ जब्सले पहिलोपटक एसेम्बली लाइन वर्करका रुपमा काम गरे। माइक्रोसफ्टका संस्थापक बिल गेट्सले प्रोग्रामरका रुपमा आफ्नो करिअर सुरुआत गरेका थिए। उनी धेरै वर्षसम्म विश्वको सबैभन्दा धनीव्यक्ति थिए। आज उनको कुल सम्पत्ति १६६ अर्ब डलर छ र उनी संसारको छैटौँ धनी व्यक्ति हुन्।

त्यस्तै अमेरिकाको सबैभन्दा धनी मनोरन्जनकर्ता विन्फ्रे ओप्राको पहिलो काम किराना क्लर्कका रुपमा थियो। प्रसिद्ध अमेरिकी लगानीकर्ता वारेन बफेट पेपरब्वाईका रुपमा काम गर्थे। आज उनको कुल सम्पत्ति १४७ अर्ब डलर छ र उनी विश्वको १० औँ धनी व्यक्ति हुन्।

डेल कर्पोरेसनका संस्थापक माइकल डेलको पहिलो काम डिस वासरको थियो। आज उनको कुल सम्पत्ति ११६ अर्ब डलर छ र उनी संसारको १३ औँ धनीव्यक्ति हुन्।

अमेरिकी व्यापारी, टेलिभिजन व्यक्तित्व र लेखक मार्क क्युबान पहिले फोहोरको झोला बेच्ने गर्थे। व्यवसायी शेरिल स्यान्डबर्गको पहिलो काम एरोबिक्स शिक्षकका रुपमा थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS