IME Life New

विश्वका टप १० अर्बपतिको सूचीमा मुकेश अम्बानीको इन्ट्री, शीर्ष स्थानमा को छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स इन्डस्ट्रिज (आरआईएल) का प्रमुख मुकेश अम्बानी फोर्ब्सको विश्वका अर्बपतिको सूचीमा शीर्ष १० मा इन्ट्री गर्न सफल भएका छन्। उनी विश्वकै नवौँ धनीव्यक्ति बनेका छन्।

रिलायन्स इन्डस्ट्रिजको व्यवसाय तेलदेखि दूरसञ्चार क्षेत्रसम्म फैलिएको छ। फोर्ब्सका अनुसार अम्बानीसँग ११६ अर्ब डलरको सम्पत्ति छ। गत वर्ष अर्थात २०२३ मा उनको सम्पत्ति ८३.४ अर्ब डलर थियो। उनी भारतकै धनीव्यक्ति पनि हुन्।

Esewa
Crest

गौतम अडानी दोस्रो धनी भारतीय हुन्। उनी विश्वव्यापी सूचीमा १७ औँ स्थानमा छन्। उनको सम्पत्ति ८४ अर्ब डलर छ। सन् २०२३ मा अमेरिकी सर्ट सेलर हिन्डनबर्ग रिसर्चको प्रतिवेदन सार्वजनिक भएपछि एक समय उनको सम्पत्ति ९० अर्ब डलरबाट २०२२ सम्ममा ४७.२ अर्ब डलरमा झरेको थियो। तर, अडानी समूहले सबै आरोप अस्वीकार गरेको छ।

फोर्ब्सले सन् २०२४ को धनी सूचीमा २ हजार ७८१ जनालाई समावेश गरेको छ। गत वर्षको तुलनामा यसमा १४१ जना बढी छन्। सूचीअनुसार विश्वका धनीहरु अहिले झन् धनी भएका छन्। तिनीहरुको कुल सम्पत्ति १४.२ ट्रिलियन रहेको छ। जुन सन् २०२३ भन्दा २ ट्रिलियनले बढी हो।
धनाढ्यको सूचीमा परेका दुई तिहाइ धनीको सम्पत्ति १ वर्षअघिको तुलनामा बढेको छ भने एक चौथाइको सम्पत्ति घटेको छ।

फेसन र कस्मेटिक्स दिग्गज एलभीएमएचका मालिक बर्नार्ड अर्नाल्ट २३३ अर्ब डलरको सम्पत्तिका साथ विश्वका धनाढ्यको सूचीमा शीर्ष स्थानमा छन्। त्यसपछि १९५ अर्ब डलरसहित एलन मस्क दोस्रो र १९४ अर्ब डलरका साथ अमेजनका जेफ बेजोस तेस्रो स्थानमा छन्। त्यसपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गसँग १७७ अर्ब डलरको सम्पत्ति साथ चौथो स्थानमा छन्।

अमेरिकामा सबैभन्दा बढी ८१३ अर्बपति छन्। यसपछि चीनमा ४७३ अर्बपति छन्। भारतमा गत वर्षदेखि अर्बपतिको संख्या ३१ देखि २०० सम्म बढेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

75%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS