IME Life New

विविध कार्यक्रम गरी मनायो नेष्डो समृद्ध लघुवित्तले चौंथौ स्थापना दिवस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड लिमिटेडको चौंथौ स्थापना दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ । पर्वत जिल्लामा केन्द्रिय कार्यालय रही नेपालका १७ वटा जिल्लामा कार्य गर्दै आई रहेको संस्थाले हरेक वर्ष चैत्र २८ गतेका दिन आफ्नो स्थापना दिवस मनाउदै आईरहेको छ ।

२०७४ साल चैत्र २८ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र वैंकवाट राष्ट्रिय स्तरमा लघुवित्तीय कारोवार गर्ने इजाजत प्राप्त यस संस्थाले नेपालका १७ जिल्लामा ५६ वटा शाखा कार्यालय मार्फत ८८ हजार विपन्नलाई आर्कषक वचत, सुलभ कर्जाको साथै विभिन्न कल्याणकारी सुविधाहरु प्रदान गर्दै आई रहेको छ ।

Esewa
Crest

स्थापना दिवसका अवसरमा साँझ दिप प्रन्वलन सहित मुल समारोह आयोजना गरिएको थियो । संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले मुल समारोमा वोल्दै वित्तीय क्षेत्रमा विद्यमान संकटलाई व्यवस्थापन गर्दै शेयर सदस्यको अपेक्षा, सदस्यहरुको चाहनाको परिपुर्ति गर्न सदा प्रतिवद्ध रहेको बताए उनले लघुवित्त वित्तीय व्यवसाय नभै सामाजिक सेवा भएको भन्दै यसले सदा सामाजिक उत्तरदायित्वलाई पुरा गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सञ्चालक सदस्य रेशम वहादुर खत्री, नेष्डो नेपालका अध्यक्ष रत्न प्रसाद अधिकारी, पुर्व अध्यक्ष लक्ष्मी कुमारी मेधासी, महासचिव प्रेम प्रसाद पौडेल, नेपाल प्रेस युनिएनका अध्यक्ष उत्तम प्रसाद अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

सन्ध्याकालिन दिप प्रज्वल सहित सहितको उक्त मुल समारोहको अध्यक्षता संस्थाका अध्यक्ष सावित्री खत्री क्षेत्रीले, स्वागत वरिष्ठ प्रवन्धक युधिष्ठिर भुषालले र सञ्चालन सहायक प्रवन्धक सुस्मा प्रसाईले गरेका थिए ।

संस्थाको स्थापना दिवसको अवसरमा सोमवार जिल्ला कारागार शाखाका कैदी वन्दीहरुको लागि एक थान टेलिभिजन, दुई थान वाटर डिस्पेन्सर उपलव्ध गराएको छ । सामाग्री हस्तान्तरण समारोहमा प्रमुख अतिथिको आसनवाट वोल्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले कानून वमोजिम कारागारमा रहेका कैदी वन्दीहरुका लागि उपकरण सहयोग गर्नु संस्थाको सह्रानीय कार्य रहेको भन्दै वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका सहयोग गर्न सक्ने बताए ।

ठूला वैंकहरुले समुदाय तहमा पुगेर गरिवी परिवारलाई वित्तीय सेवा पु¥याउन नसकेको कारण राज्यले लघुवित्तीय संस्था सम्वन्धि व्यवस्था ल्याएको वताउदै नेष्डो समृद्ध लघुवित्तले राज्य नीति, वित्तीय अनुशासन र उद्देश्य अनुरुपको सेवा दिन सफल रहेको बताए । उनले संस्थाको प्रगति एवम् सपललताको शुभकामना पनि व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाका प्रवन्ध सञ्चालक विश्व प्रकाश प्रसाईले लघुवित्त क्षेत्रमा हाल संकटपुर्ण स्थिती रहेको भन्दै जुनसुकै संकट आए पनि नेष्डो समृद्धले आफ्नो भुमिकावाट पछि नहटने बताए । कार्यक्रममा ससस्त्र प्रहरी वलका वरिष्ठ प्रहरी उपरिक्षक नरेन्द्र वम, नेपाली सेना, केवलजंग गुल्मका गुल्मपति सेनानी सोभियत वहादुर चन्द, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक राजेन्द्र अधिकारी, जिल्ला अनुसन्धान प्रमुख देवेन्द्र खतिवडा, सञ्चालक रेशम वहादुर खत्री, नेपाल प्रेस युनिएन पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारी, जिल्ला कारागार शाखाका प्रमुख शिला श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

यसै विच चौंथो स्थापना दिवसको अवसरमा पर्वत जिल्ला अस्पताललाई दुई थान वाटर डिस्पेन्सर, मास्क लगायतका स्वास्थ्य सामाग्री सहित अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS