IME Life New

विवादका बीच शेयर काराबोर सुचारु, शेयर कारोबार नगर्न पाँच वटा संगठनको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना महामारीको कारण केही समय बजार स्थगन गर्नुपर्ने शेयर लगानीकर्ताहरुको माग सरकारले पूरा नगरेपछि सेबोन र लगानीकर्ताका बीचमा विवाद उत्पन्न भएको छ । विवादका बीच आज शेयर कारोबार खुलेको छ । यद्यपि लगानीकर्ताहरुको पाँच वटा संगठनले अनलाईन वा ब्रोकर कार्यालय दुवैबाट शेयर कारोबार नगर्न सबै लगानीकर्ताहरुलाई अपिल गरेको छ ।

गत बिहिवार लगानीकर्ता, नेप्से तथा धितोपत्र बोर्डबीचमा भएको छलफल अनुसार कम्तीमा आइतबारदेखि एक सातासम्मको लागि बजार स्थगित गर्ने सहमति भएको थियो ।

Esewa
Crest

सो सहमति कार्यान्वयन नगरेपछि लगानीकर्ताहरु संयुक्त बक्तव्य निकालेर तत्काल सहमति कार्यान्वयन गर्न तथा प्रधानमन्त्री ओलीको सम्बोधनको विषयबस्तु सम्बोधन गर्न माग गरेको छ ।

शेयर लगानीकर्ताहरुको पाँच वटै संगठनले संयुक्त बक्तव्य निकालेर अत्यावश्यक सेवा अन्तर्गत नपर्ने शेयर कारोबार स्थगित गर्न माग गरेको हो । उनीहरुले प्रधानमन्त्रीले शुक्रबार देशबासीको नाममा गरेको सम्बोधनमा आपतकालिन सेवा मात्रै सञ्चालन गर्ने भन्ने उल्लेख भएको र सो अनुसार पुँजि बजार आपतकालिन सेवा अन्तर्गत नपर्ने भन्दै शेयर कारोबार स्थगन गर्न माग गरिएको हो ।

पाँच वटै संगठनले सरकारले आम सर्वसाधारणलाई भेला नहुन आह्वान गरेको सन्दर्भमा ब्रोकरको कार्यालयमा गएर काम गर्ने अवस्था नरहेको तथा बैंक खाता र डिम्याट खाता एकीकृत भइनसकेको अवस्थामा अनलाईन कारोबार समेत नगर्न आह्वान गरिएको छ ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल पुँजिबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, शेयर लगानीकर्ता दवाव समुहका अध्यक्ष हरि ढकाल तथा नेपाल पुँजिबजार संघकी अध्यक्ष संरक्षणा चौधरीले हस्ताक्षर गरी संयुक्त रुपमा जारी बक्तव्यमा अनलाईन कारोबार समेत नखोल्न सरकार समक्ष माग गरिएको छ ।

साथै,उनीहरुले सबै लगानीकर्ताहरुलाई एकजुट भएर शेयर कारोबार नगर्न समेत आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS