IME Life New

विमान दुर्घटनाः मृतकका आफन्तजनले बीमा क्षतिपूर्तीको विषय लिएर शव बुझ्न मानेनन्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभूवन विमानस्थलमा बुधबार विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुका आफन्तजनले बीमा क्षतिपूर्तीको विषयलाई लिएर प्रश्न गर्दै शव जिम्मा लिन अस्वीकार गरेका छन् । विमानमा सवार यात्रुका आफन्तजनले मृतकको बीमा क्षतिपूर्तीका सम्बन्धमा सौर्य एयरलाइन्स व्यवस्थापनले लिखितरूपमा आश्वस्त पार्न नसकेको भन्दै शव बुझ्न इन्कार गरेका हुन् ।

सौर्य एयरलाइन्सको नाइनएन एएमई संकेत नम्बरको जहाज नियमित मर्मत संभारका लागि बुधबार काठमाडौंबाट पोखरातर्फ उडान भर्ने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटना हुँदा पाइलट बाहेक सबै १८ जना यात्रुको निधन भएको थियो ।

Esewa
Crest

६ वटा शव परिवारजनको जिम्माः

दुर्घटनामा ज्यान गुमाएकामध्ये को पाइलट सुशान्त कटुवाल सहित ६ जना मृतकको शव आफन्तजनले जिम्मा लिएका छन् । कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौला, राजाराम आचार्य, दिलीप बर्मा र श्याम विन्दुकारको शव आफन्तजनले त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजबाट जिम्मामा लिएका हुन् ।

सौर्य एयरलाइन्सले विज्ञप्ति जारी गर्दै पीडित परिवारजनलाई कम्पनीको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता जनाएको छ । कम्पनीले पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुनसक्ने सम्मको सहयोग, साथ र सद्‌भाव सधैं रहने भन्दै आश्वस्त पार्न खोजेको छ ।

सरकारले विमान दुर्घटनाबारे छानबिनका लागि पाँच सदस्यीय आयोग  गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS