IME Life New

विभिन्न कार्यक्रमको आयोजना गरी मनायो सेन्चुरी कमर्शियल बैकले ११औं बार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेन्चुरी सेन्चुरी कमर्शियल बैकले स्थापनाको ११ औ बार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । बैकको स्थापना दिवसको अवसरमा आज देश व्यापी रुपमा बैकले विभिन्न शाखा कार्यालयहरु मार्फत विभिन्न कार्यक्रमहरुको आयोना गरी बार्षिकोत्सव मनाएको हो ।

लुम्बिनी प्रदेश भित्र रहेका बैकका विभिन्न १३ वटा शाखाहरुले प्रादेशिक कार्यालय भैरहवाको अगुवाईमा बित्तिय साक्षरता, रक्तदान कार्यक्रम, डस्बिन बितरण लगायतका विभिन्न कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाएको बैकका लुम्बिनी प्रादेशीक कार्यालय भैरहवाका नायव प्रमुख यादव भट्टराइले जानकारी दिए ।

Esewa
Crest

बार्षिकोत्सवको अवसरमा बैकको बुटवल स्थित शाखा कार्यालयले बुटवलको देविनगरमा अवस्थित श्री शहिद स्मृती आधारभुत विद्यालयमा कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकाहरुको लागी विद्यालय लैजाने झोला हस्तान्तरण गरेको छ । बैकको बुटवल शाखा प्रमुख स्मृती श्रेष्ठको अध्यक्षतामा सो विद्यालयमा अध्ययन गर्ने २ सय २ जना बालबालीकाको लागी विद्यालय लैजाने झोला हस्तान्तरण सँगै सोही विद्यालयमा अध्ययन गर्ने बालबालीकाका अभिभावकहरुका बिचमा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम पनि सम्पन्न गरेको छ ।

यस्तै बैकले स्थापना दिवसको अवसरमा रुपन्देहीको सुद्धोद्धन गाउपालीकामा १५ थान डस्बिन बितरण गरेको छ । बैकको लुम्बिनी प्रादेशीक कार्यलय भैरहवाका कार्यालय प्रमुख बिष्णु तिवारीको बिशेष उपस्थितीमा सुद्धोद्धन गाउपालीकामा फोहर मैला व्यवस्थापनमा सहजता होस भन्ने उद्धेश्यले डस्बिन हस्तान्तरण गरेको हो ।

बैकको सस्थागत सामाजीक उत्तरदायीत्व अन्र्तगत रहेर स्थापना दिवसको अवसरमा गाउपालीकालाई डस्बिन बितरण गरिएको बैकका अमुवा शाखा प्रमुख शोमा शर्माले बताइन । बैकको कोहलपुर शाखाले पनि डस्बिन बितरण गरी स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा बैकको लुम्बिनी प्रादेशीक कार्यलय अन्र्तगत पर्ने भैरहवा शाखा, परासी शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । यस्तै बाकेको नेपालगंज, कोहलपुर, रुपन्देहीको मर्चवार, दाङ्गको घोराही, अर्घाखाचीको मालारानी, भुमिकास्थान, गुल्मीको छत्रकोट र नवलपरासीको बेलाटारी शाखाले स्थापना दिवसको अवसरमा बित्तिय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको सेन्चुरी कर्मशीयल बैकका भैरहवा शाखा प्रमुख प्रकाश गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS