IME Life New

विपन्न वर्गका लागि १० प्रतिशत निशुल्क शैय्या छुट्याउन स्वास्थ्य मन्त्रालयलको पुनः निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न वर्गका लागि १० प्रतिशत शैय्या अनिवार्य रुपमा छुट्याउनअनुरोध गरेको छ । मन्त्रालयले यसअघि पनि १० प्रतिशत निशुल्क शैय्या छुटाउन सबै अस्पतालहरुलाई निर्देशन जारी गरेको थियो ।

स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्डको दफा ७० (घ) मा अस्पतालमा उपचारको लागि आउने विपन्न बिरामीको लागि कुल शैय्याको १० प्रतिशत शैय्या छुट्याएर निःशुल्क उपचार अनिवार्य रुपमा गराउनुपर्ने व्यवस्था रहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । सूचना अनुसार यस बिषयमा मन्त्रालयको अनिवार्य रुपमा अनुगमन समेत हुनेछ ।

Esewa
Crest

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्म ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय र बेबारिसे बिरामीको सिफारिस सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट पुष्टि गर्न स्थानीय तहलाई पत्राचार गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS