IME Life New

विन नेपाल लघुवित्तले माग्यो थुप्रै कर्मचारी, एसईई र प्लस टु गरेकालाई पनि अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थामा थुप्रै कर्मचारीका लागि दरखास्त आह्वान गरिएको छ।

संस्थाले कनिष्ठ सहायक प्रशिक्षार्थीदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदसम्मका लागि कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो।

Esewa
Crest

संस्थाले सहायक स्तरका शाखा प्रबन्धक (सुपरभाइजर÷वरिष्ठ सहायक, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा केही कर्मचारीका लागि दरखास्त खुलाएको छ। शाखा प्रबन्धक र कनिष्ठ सहायक पदका लागि कम्तीमा प्लस टु गरेको हुनुपर्नेछ। कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि भने एसईई गरेको भए पुग्नेछ।

त्यसैगरी अधिकृतस्तरमा सूचना प्रविधि विभागमा १ जना, अनुगमन अधिकृत २ जना र व्यवस्थापन प्रशिक्षार्थी केही कर्मचारी पनि संस्थाले भर्ना गर्न लागेको छ। यी पदका लागि सम्बन्धित विषयमा स्नातक गरेको हुनुपर्नेछ।

संस्थाले विभागीय प्रमुख (अधिकृत) केही पदका लागि दरखास्त खुलाएको छ। यो पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कम्तीमा २ वर्ष बैंक तथा वित्तीय संस्थाको जिम्मेवार पदको कार्यानुभव भएको वा स्नातक उत्तीर्ण गरेकाले भने बैंक तथा वित्तीय संस्थाको जिम्मेवार पदमा कम्तीमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ।

नायब प्रमुख कार्यकारी अधिकृतमा दरखास्त दिनेले भने सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा विभागीय प्रमुखका रुपमा कम्तीमा ३ वर्ष र सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ। स्नातक उत्तीर्ण गरेकाले भने विभागीय प्रमुख भई कम्तीमा ५ वर्ष वा सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको कार्यानुभव हुनुपर्नेछ।

इच्छुक उम्मेदवारले १५ दिनभित्र आवश्यक कागजपत्रसहित दरखास्त दिनुपर्नेछ। दरखास्त संस्थाको ई–मेलमा वा काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS