IME Life New

विद्युत नियमन आयोगबाट अरुण भ्यालीले पायो हकप्रद निष्काशनको अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ । कम्पनीले शत प्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृत पाएको हो ।

कम्पनी सञ्चालक समितिको बैशाख ६ गते बसेको बैठकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको शत प्रतिशत अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न आयोगले पूर्व स्वीकृति प्रदान गरेको हो ।

Esewa
Crest

हकप्रद शेयर निष्काशन गरेर कम्पनीले प्राप्त गरेको रकम मध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ एएचपीसी हाइड्रोपावरले विकास गर्दै गरेको ३० मेगाबाट क्षमताको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वपूँजीको लागि लगानी गर्नेछ ।

यस्तै बाँकी रहेको ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी १ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकबाट लिएको ऋण भुक्तानीमा प्रयोग गरिने जनाएको छ ।

विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएसँगै कम्पनीको विशेष साधारण सभाले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS