IME Life New

विद्युत खरिद बिक्री सम्झौता अद्यावधिक गर्न प्राधिकरणको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता अद्यावधिक गर्न आग्रह गरेको छ । प्राधिकरणको ९३० औं बैंठकले ग्रिल कनेक्सन एग्रिमेन्टको रोल क्रमका आधारमा नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाहरुको विद्युत खरिद बिक्रि सम्झौतालाई निरन्तरता दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको उत्पादन मिश्रण सम्बन्धि २०७९ असार २४ गतेको निर्णयअनुसार जलाशयुक्त आयोजनाको साबिक प्रशितलाई १० प्रतिशले कम गरी नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनाका लागि उक्त प्रतिशत थप गर्दा साबिक ३५ प्रतिशत (५,२५० मेगावट) बाट १० प्रतिशत (१,५००) सीमा वृद्धि गरी ४५ प्रतिशत (६,७५० मे) नपुगेसम्म विद्युत खरिद बिक्रि दर लगायतका सम्पूर्ण प्रावधान यथावत रहने प्राधिकरणले जनाएको छ ।

Esewa
Crest

उपरोक्त सीमाभित्र रहेका र रोल क्रम अनुसार कनेक्सन एग्रिमेन्ट सम्पन्न भइसकेका आरओआर जलविद्युत आयोजनाहरुको विद्युत खरिद बिक्रि सम्झौताका लागि अद्यावधिक विवरण तथा कागजातहरु सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र विभागमा निवेदन दिन प्राधिकरणले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS