IME Life New

विद्युतिय भुक्तानी सेवा प्रदायक संस्थाहरु बीमामा आकर्षित, सेवा क्षेत्र विस्तारका लागि राष्ट्र बैंकमा धाउदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विद्युतीय भुक्तानी सेवा प्रदायकहरू कम्पनीहरु व्यवसाय विस्तारको क्रममा बीमा सेवा तर्फ आकर्षित हुन थालेका छन् । विप्रेषण आप्रवाहबाट आकर्षित भएका यस्ता सेवा प्रदायकहरु पछिल्लो समय बीमा सेवा समेतमा आकर्षित भएका हुन् ।

बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क संकलन गर्ने उद्देश्यले बीमा कम्पनीहरु सँग जोडिएका यस्ता संस्थाहरुले बीमा क्षेत्रको चरित्र र व्यवसायको आकार, सम्भावना र कमजोरीको पहिचाहन पछि हौसिएका हुन् ।

Esewa
Crest

विद्युतीय भुक्तानी सेवा प्रदायकमध्ये इसेवाले बीमा एजेन्सीको रूपमा काम गर्नको लागी सबैभन्दा पहिले आफ्नो प्रबन्ध पत्र नियमावलीमा उल्लेख गरेर राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरिसकेको छ । बाँकी सेवा प्रदायकहरू पनि आफ्नो प्रबन्धपत्र तथा नियमावलीमा बीमा एजेन्सीको सेवा प्रदान गर्ने विषय समेटेर राष्ट्र बैंकबाट स्वीकृति लिने तयारीमा छन् ।

भुक्तानी सेवा प्रदायकहरूको मुख्य नियामक निकाय नेपाल राष्ट्र बैंक भएकाले उनीहरूले सबैभन्दा पहिला राष्ट्र बैंकबाट सहमति प्राप्त गर्नुपर्छ । सहमति प्राप्त गरीसकेपछि कुनै सेवा प्रदान गर्नको लागी इजाजत लिनुपर्ने कुनै अन्य निकाय रहेछ भने दोश्रो चरणमा मात्र इजाजतपत्र प्राप्त गर्ने प्रकृयाँमा प्रवेश गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकले सहमति प्रदान गरिसकेपछि बीमा समितिबाट बीमा अभिकर्ताको रूपमा सेवा प्रदान गर्नको लागी संस्थागत अभिकर्ताको इजाजतपत्र प्राप्त गर्न आवेदन दिने, सेवा प्रदायकको कुनै संचालक स्वयम् अभिकर्ताको तालिममा सहभागी हुने र प्रकृयाँ पुरा गरेर इजाजतपत्र प्राप्त गर्छन् ।

बीमा समितिले गत जेठ २६ मा जारी गरेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ अनुसार बैंक तथा वित्तीय संस्था, मनि ट्रान्सफर, डिजिटल भुक्तानी सेवा प्रदायक, सहकारी जस्ता संस्थाले संस्थागत अभिकर्ताको हैसियतमा काम गर्नको लागी निश्चित प्रकृयाँ पुरा गरी समितिबाट अभिकर्ता इजाजत पत्र प्राप्त गर्न सक्छन् ।

बीमा समितिले यस्तै संस्थालाई ध्यानम राख्दै संस्थागत अभिकर्ताको निर्देशिका जारी गरेको थियो । सुरुमा व्यक्तिगत अभिकर्ताहरुले चर्को विरोध गरेपनि पछिल्लो सयम उनिहरु आफै संस्थागत अभिकर्ताको लाइसेन्सको प्रकृयाँमा छन् ।

इसेवाले संस्थागत अभिकर्ताको लाइसेन्स नै पाइसकेको छ । त्यस्तै भुक्तानी सेवा प्रदायक संस्थाहरुले यस तर्फ आकर्षित भएका छन् । भुक्तानी सेवा प्रदायकले विभिन्न किसिमका भुक्तानीको सेवा दिनुका साथै बीमाको पनि सुविधा दिने योजना बनाएका छन् ।

आम नेपालीहरु विस्तारै डिजिटल प्रविधिमा आकर्षित हुन थालेका छन् । सरकारकी अड्डादेखि निजीकम्पनीहरुले समेत आफ्नो सेवालाई डिजिटलाइज बनाउदै गएका छन् । जीवन बीमा व्यवसाय अधिकाम्सले स्वच्छाले भन्दा पनि अभिकर्ताको जोडवलका कारणले चल्ने गरेको छ । अहिले तत्काल डिजिटल माध्यमबाट यो व्यवसाय सञ्चालन हुन गाह्रो पर्ला तर भोलिका दिनमा यसले पनि डिजिटल रुप धारण गर्न सक्ने सम्भावनलाई मध्यनजर गर्दै विद्युतीय भुक्तानी सेवा प्रदायकहरु अहिलेदेखिनै तयारीमा जुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS