IME Life New

विद्यालय बन्दको कार्यक्रम फिर्ता, सम्झौता कार्यन्वयन नगरे पुन आन्दोलन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामुदायिक विद्यालयका कर्मचारीहरुले आन्दोलन फिर्ता लिएको छ । सरकारले वार्ता टोलि गठन गरी वार्तामा आउन आह्वान गरेको भन्दै तत्काल आन्दोलन फिर्ता लिएको नेपाल सामुदायिक विद्यालय कर्मचारी संघका अध्यक्ष शशी कुमार केसीले बताए । वार्ताको माध्यमबाट आन्दोलनमा राखिएका मागहरु सम्बोधन नभएको खण्डमा स्थगन गरिएका आन्दोलन पुन सुचारु गरिनै उनको भनाई छ ।

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले अत्यन्त न्यून मासिक पारिश्रमिकका काम गर्न बाध्य पारिएकोले विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग मुद्धा राख्दै उक्त आन्दोलन गरिएको थियो । जसमा, नेपाल विद्यालय कर्मचारी युनियन, नेपाल सामुदायिक विद्यालय कर्मचारी संघ र नेपाल विद्यालय कर्मचारी परिषदले संयुक्त रुपमा आन्दोलन गर्दै आएका थिए । सर्वाेच्च अदालतले २०६७ माघ २३ गते सामुदायिक विद्यालयका कर्मचारीको सेवा, सर्त, सुविधा उल्लेख भएको सर्भिस ल बनाई ६ महिनाभित्र कार्यान्वयन गर्नु भन्ने आदेश दिएको थियो । तर उक्त आदेश कार्यन्वयनमा नआएको भन्दै विद्यालय कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS