IME Life New

विद्यार्थी भिसा शुल्क दोब्बरले बढाउने न्युजिल्यान्डको निर्णय, अक्टोबरबाट लागू हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । न्युजिल्यान्डले विद्यार्थी भिसा शुल्क दोब्बरले बढाउने निर्णय गरेको छ। यो बढेको शुल्क अक्टोबरबाट लागू हुने न्युजिल्यान्ड सरकारले घोषणा गरेको छ।

हाल अन्तर्राष्ट्रिय विद्यार्थी भिसा शुल्कका रुपमा २२६.५१ अमेरिकी डलर (३७५ न्युजिल्यान्ड डलर) तिर्दै आएका छन्। अब अक्टोबरबाट भने यो शुल्क बढेर ४५३.०१ अमेरिकी डलर (७०० न्युजिल्यान्ड डलर) पुग्नेछ।

Esewa
Crest

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा शुल्क दोब्बर बनाएको महिना दिन नबित्दै न्युजिल्यान्डले पनि विद्यार्थी भिसा शुल्क बढाउने निर्णय गरेको हो। यी दुवै देशको हालको विद्यार्थी भिसा शुल्क अन्य प्रमुख गन्तव्यको तुलनामा बढी रहेको छ। विद्यार्थी भिसा शुल्क अमेरिकामा १८५ डलर र क्यानडामा १५० क्यानेडियन डलर रहेको छ।

त्यसो त न्युजिल्यान्ड सरकारले अन्य सबै प्रकारका भिसाको शुल्क पनि अक्टोबरबाट बढाउने निर्णय गरेको छ। अध्यागमनमन्त्री इरिका स्ट्यान्डफोर्डका अनुसार भिसा शुल्क बढाउनुुको मुख्य कारण न्युजिल्यान्ड अध्यागमन प्रविधिलाई दिगो बनाउनु रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS