IME Life New

विदेशी लगानीकर्ता भित्र्याउँदै हङकङ, तीन आवेदकको लगानी स्वीकृत, यस्ता छन् अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हङकङको नयाँ लगानी भिसा योजनाअन्तर्गत तीनवटा आवेदन स्वीकृत भएको छ। आवेदक लगानीकर्ता कुन देशका हुन् भन्नेबारे भने हङकङ सरकारले खुलासा गरेको छैन।

प्रत्यक्ष वैदेशिक लगानीमा केन्द्रित सरकारी विभाग इन्भेस्ट हङकङ (इन्भेस्टमेन्ट–एचके)ले गत मार्च १ देखि जुन ३० सम्म कुल ३३९ आवेदन प्राप्त भएको जनाएको छ। तीमध्ये कम्तीमा ३ करोड हङकङ डलर आवश्यक लगानीको मापदण्ड पूरा गरेका तीन आवेदकलाई आधिकारिक रुपमा स्वीकृत गरिएको इनभेस्टमेन्ट–एचकेले जनाएको छ।

Esewa
Crest

प्राप्त ३३९ आवेदनमध्ये ३२५ विदेशी नागरिक वा स्थायी बसोबास भएका व्यक्तिबाट आएका थिए भने बाँकी १४ मकाउ विशेष प्रशासनिक क्षेत्रका बासिन्दा र ताइवानका चिनियाँ बासिन्दाबाट आएका थिए। तीनवटा स्वीकृत आवेदन विदेशी नागरिक वा विदेशी स्थायी बसोबास भएका व्यक्तिबाट आएका हुन सक्ने स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

हङकङले मार्च १ मा विदेशी नागरिक र ताइवान, मकाउ र मुख्य भूमि चीनका बासिन्दा (विदेशीमा स्थायी बासिन्दाको हैसियत प्राप्त गरेका)लाई दुई वर्षका लागि अनुमति दिन नयाँ पुँजी लगानी प्रवेश योजना ल्याएको थियो। लगानी भिसा प्राप्त आवेदकले कम्तीमा ३ करोड हङकङ डलर अनुमतिप्राप्त सहरका विभिन्न सम्पत्तिमा लगानी गर्न पाउनेछन्। त्यस्ता सम्पत्तिमा गैरआवासीय घरजग्गा वा वित्तीय उत्पादन समावेश छन्। उनीहरुले आफ्नो भिसा नवीकरण पनि गर्न पाउनेछन् भने लगातार हङकङमा ७ वर्षसम्म बसेको विदेशी लगानीकर्ताले स्थायी बासिन्दा बन्न आवेदन पनि दिन पाउनेछन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS