IME Life New

विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन अर्थमन्त्री डा. महतको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाश शरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन आग्रह गरेका छन् । क्यानाडाको भ्यानकुभरमा रहनुभएका नेपाली समुदायसँग छलफल तथा अन्तरक्रिया गर्नेक्रममा अर्थमन्त्री महतले यस्तो आग्रह गरेका हुन् ।

अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको तथा उर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यम लगायतका क्षेत्रहरू लगानीको लागि आकर्षक रहेको मन्त्री महतले बताए ।

Esewa
Crest

यसैगरी नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पुरा गर्न नेपाली डायसपोरालाई मद्दत गर्न मन्त्री महतले आग्रह गरे। यसैक्रममा उनले नेपाली समुदायले उच्च शिक्षाका लागि क्यानाडा आउने विद्यार्थीहरू पर्याप्त सूचना विना आउने गरेको र विभिन्न समस्यामा परेको जानकारी गराएका थिए । अर्थमन्त्री डा.महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)० को ७ औँ विश्व सम्मेलनमा भाग लिन २० अगष्ट २०२३ मा क्यानाडा आएका थिए , उनी भोलि साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS