IME Life New

विदेशबाट फर्केकाहरुको सोझै कोरोना बीमा गर्न नपाइने, बीमा समितिले जारी गर्यो नयाँ निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विदेशबाट आएकाहरुमा भटाभट कोरोनाको संक्रमण बढ्न थालेपछि बीमा समितिले आज नयाँ निर्देशन जारी गर्दै विदेशबाट फर्केकाहरुको सिधैं कोभिड–१९ बीमा गर्न नपाइने व्यवस्था गरेको छ । बीमा समितिको निर्देशन अनुसार विदेशबाट फर्केकाहरुले निश्चित प्रक्रिया पूरा गरेपछि मात्रै कोरोना बीमा पोलिसी खरिद गर्न पाउनेछन् ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज सबै बीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दै विदेशबाट फर्केको १५ दिन क्यारेन्टाईनमा बसिसकेपछि थप १५ दिन घरपरिवारमा घुलमिल भएपश्चात मात्रै कोरोना बीमा पोलिसी बिक्री गर्न निर्देशन दिएको छ । बीमा समितिले कोरोना बीमालाई पनि अण्डरराईटिङको दायराभित्र ल्याउँदै यस्तो व्यवस्था गरेको हो । त्यस्तै, विदेशबाट फर्केका व्यक्ति र तिनका परिवारका सदस्यहरुको कोरोना बीमा गराउँदा आरडिटी विधिबाट परिक्षण गरी नेगेटिभ आएकाहरुको मात्रै कोरोना बीमा गर्न पाइने व्यवस्था गरेको छ ।

Esewa
Crest

बीमा समितिले कोरोना बीमालाई अण्डरराईटिङको दायरामा ल्याएसँगै थप फारम समेत भर्नुपर्ने भएको छ । यद्यपि नेपालमा बसिरहेकाहरुको हकमा भने त्यस्तो व्यवस्था लागू हुनेछैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS