IME Life New

वित्तीय स्वार्थ बाझिने गरि आफ्नै कम्पनीमा लगानी गर्छन् बीमा कम्पनीका सञ्चालक !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले सर्वसाधारणबाट संकलित रकम वित्तीय स्वार्थ बाझिने संस्थाहरुमा हाँकाहाँकी लगानी गर्दा समेत नियामक निकाय मौन देखिएको छ । केही बीमकको संचालक र प्रमुख कार्यकारी अधिकृतले आफ्नै परिवारका सदस्य संस्थापक वा संचालक रहेको कम्पनीमा करोडौं रुपैयाँ लगानी गरेका छन् ।

कतिपय बीमा कम्पनीहरुले लगानी गरेका जलविद्युत कम्पनीको संस्थापक तथा सञ्चालक तिनै बीमा कम्पनीका संस्थापक तथा सञ्चालक छन् । त्यस्तै बीमा कम्पनीका संस्थापक तथा सञ्चालकहरुले आफ्नै कम्पनीको ठुलो रकम आफैले खडा गरेका तिनै कम्पनीमा समेत लगानी गरेको पाइन्छ ।

Esewa
Crest

बीमकको लगानी निर्देशिका २०७५ ले बीमकहरुले लगानी गर्न सक्ने क्षेत्र र लगानीको सीमा तोकेको छ । तोकिएको सीमाभित्र जीवन र निर्जीवन बीमा कम्पनीहरुले लगानी गर्न पाउँछन् । स्वीकृत सीमाभित्र बिमकले लगानी गर्न सक्ने भएकोले बिमकको लगानीमा पूर्व स्वीकृति लिनुपर्ने बाध्यता छैन । स्वीकृत सीमाभित्र लगानी गर्न नसकेको अवस्थामा बीमा समितिलाई लिखित जानकारी गराउनुपर्ने प्रावधान छ । त्यसैगरी स्वीकृत सीमाभन्दा बढी लगानी गर्नुपर्ने अवस्थामा बीमा समितिबाट अनिवार्य पूर्व स्वीकृति लिनुपर्ने प्रावधान रहेको छ ।

बीमा कम्पनीले पूर्व स्वीकृत सीमाभित्र रहेर बीमा ऐन २०४९ ,नियमावली, बीमकको लगानी सम्बन्धी निर्देशिका २०७५, बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७५ को प्रावधान विपरित नहुने गरी लगानी गर्न सक्छन् ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले जीवन र निर्जीवन दुबैखाले बीमा कम्पनीहरुको लागी लगानी सम्बन्धि निर्देशिका लागू गरेको छ । बीमकको लगानी निर्देशिका २०७५ बमोजिम बीमकहरुले बैंक वित्तिय संस्थाको मुद्दति निक्षेप, बचत पत्र, ऋण पत्र, दोश्रो बजारमा सूचीकृत कम्पनीको साधारण शेयर, सामूहिक लगानी कोष,कृषि,पर्यटन, जलश्रोत पूर्वाधारमा लगानीको सीमा सहितको व्यवस्था गरिएको छ ।

बीमकको लगानीलाई बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ ले समेत लगानीलाई नियमन गरेको छ । खासगरी संस्थागत सुशासन विपरित हुने र प्रत्यक्ष अप्रत्यक्षरुपमा स्वार्थ बाझिने कुनै पनि कम्पनी वा परियोजनामा लगानी गर्न बर्जित गरेको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को परिच्छेद ९ मा बीमकले गर्न नहुने कामहरुको सूची उल्लेख छ ।

दफा ४९ को १(च) ले आफ्नो संस्थापक शेयरधनी,सञ्चालक समितिको कुनै सदस्य सञ्चालक भएको वा त्यस्तो सदस्य वा निजको एकाघरको परिवारको सदस्यको वित्तीय स्वार्थ रहेको कुनै पनि कम्पनी, फर्म वा संगठित संस्थामा कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाएको छ ।

बिमकले कूल टेक्निकल रिजर्भ(प्राविधिक जगेडा) को ५ प्रतिशतसम्म घरजग्गामा र पर्यटन, जलश्रोत, कृषि क्षेत्रमा २० प्रतिशतसम्म लगानी गर्न सक्छन् । यो दुईवटा प्रावधानमै बिमकले वित्तीय स्वार्थ बाझिने गरी लगानी गरिरहेका छन् ।

निर्देशिकाले दिएको स्वायत्ततालाई केही बिमकले दुरुपयोग गरेको पाइएको छ । कम्पनीको संस्थापक शेयरधनी, संचालक वा सहायक कम्पनीको संचालक वा संस्थापक संलग्न रहेको कम्पनीमा बिमकले लगानी गरेका छन् । बैंक,वित्तीय संस्थाको मुद्दती निक्षेप,बचत पत्र,ऋण पत्र,सामूहिक लगानी कोषमा गरिएको लगानीमा धेरै हदसम्म संस्थागत अनुशासनको पालना गरिएको पाइएको छ । तर पर्यटन, जलश्रोत, कृषि क्षेत्र वा अन्य क्षेत्रमा लगानी गर्दा बिमकको संचालकबाट वित्तीय स्वार्थ बाझिने वा सिधै संस्थागत अनुशासनको उलंघन हुने गरी लगानी भइरहेको बिमकको लेखा परिक्षणमा खटिने चार्टर्ड अकाउण्टेण्टको गुनासो छ ।

लगानीलाई एक एक गरेर केलाउन सहज छैन,बीमा कम्पनीको आन्तरिक लेखा परिक्षणमा अनुभवी एक चार्टर्ड अकाउण्टेण्टले भने,तर पनि कतिपय बीमकले वित्तीय स्वार्थ बाझिने गरी लगानी गरेका छन् ।

विशेषगरी जीवन बीमा कम्पनीहरुसँग जीवन बीमा कोषमा जम्मा भएको लगानी योग्य रकम ठूलो परिमाणमा भएको हुँदा जीवन बीमा कम्पनीहरु भित्र संस्थागत सुशासनको कार्यान्वयन शंकाको घेरामा रहेको छ । बीमा समितिको तथ्याङ्क अनुसार हाल जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा तीन खर्ब ७५ अर्ब रुपैयाँ भन्दा माथि छ । त्यस्तै निर्जीवन बीमा कम्पनीहरु सँग १५ अर्ब भन्दा माथि यस्तो रकम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS