IME Life New

वित्तीय सुशासन माटो सुहाउँदो सुधार गर्न नेपाल प्रतिबद्धः अर्थमन्त्री डा. महत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय सुशासन, पारदर्शिता नेपाली माटो सुहाउँदो सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । डा. महतले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का एशिया प्रशान्त हेर्ने उप प्रबन्ध निर्देशक बो लीसँग भेटवार्तामा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

भेटवार्तामा विस्तारित कर्जा सुविधा (इसिएफ) लिँदा नेपालले राष्ट्र बैंक ऐन संशोधन, वित्तीय क्षेत्रमा सुधार, मौद्रिक नीतिमा सुधारलगायतका विषयमा छलफल भएको थियो । अर्थमन्त्री महतले वित्तीय सुशासन, पारदर्शितालगायतका कुराहरु नेपालको माटो सुहाउँदो किसिमले सुधार गर्न प्रतिबद्ध रहेको तर वातावरण सुहाउँदो हुनुपर्ने र नेपालको केही आवश्यकता बुझिदिन आग्रह गरे ।

Esewa
Crest

‘वित्तीय सुशासन, पारदर्शिताप्रति प्रतिबद्ध छौं, तर सबै कुरा भनिएजस्तो हुँदैन, हाम्रो आफ्नै संरचना पनि छन्’ छलफलमा अर्थमन्त्री डा. महतले भने, ‘बुझाइमा समस्या छ, के काम गर्ने भन्ने कुरामा स्पष्ट छौं ।’ जवाफमा उपनिर्देशक बो लीले भने, ‘सुधारको कुरा गर्नुहुन्छ भने हामी सकारात्मक छौं, हामीले सुधार गर भन्ने नै हो ।’

छलफलपछि इसिएफको तेस्रो किस्ताका लागि कर्मचारी तहमा भएको सम्झौता (एसएलए) आईएमएफ बोर्डबाट पास गर्ने सहमति बनेको छ ।

आईएमएफ निर्देशक र अर्थमन्त्री डा. महतबीचको छलफल सकरात्मक भएको बताइएको छ । थप सहयोग कहाँ के गर्न सकिन्छ भन्ने कुरा छलफल चलाउने र उपयुक्त निष्कर्ष निकाल्ने बारेमा छलफल भयो । छलफलमा अर्थ सचिव कृष्णहरि पुष्कर, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS