IME Life New

वित्तीय ठगीको जोखिमप्रति सजग रहौँः राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सचेत भई सुरक्षित डिजिटल वित्तीय कारोबार गर्न सुझाएको छ। वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै बैंकले यस्तो सुझाव दिएको हो।

छिटो पैसा कमाइन्छ भन्ने लोभलालचमा परी अपरिचित व्यक्तिको बहकाउमा नागरिकता, खाता नम्बर, क्यूआर, ओटीपी, पिन कोड, पासवर्डजस्ता आफ्ना गोप्य विवरण नदिन पनि राष्ट्र बैंकले सचेत गराएको छ। ‘अरु कसैको नागरिकता, फोटो, टेलिफोन नम्बरजस्ता व्यक्तिगत विवरण दुरुपयोग गरी मोबाइल वाटेल वा अन्य बैंक तथा वित्तीय संस्थामा खाता खोली अनधिकृत कारोबार गर्ने, क्रिप्टोकरेन्सी खरिदबिक्री गर्ने, बेटिङसम्बन्धी कारोबार गर्ने गरेको पाइएको छ’, राष्ट्र बैंकले भनेको छ, ‘यस्ता गैरकानुनी कारोबारमा समस्या भएमा मद्दत गर्छु भनी ठगी गर्ने, डरत्रास देखाई रकम असुली गर्ने, विदेशमा रहेका व्यक्तिको व्यक्तिगत विवरण चोरी गरी अवैध कारोबार गर्नेजस्ता घटना हुने गरेको पाइएको छ।’

Esewa
Crest

त्यस्ता वित्तीय ठगीको जोखिमप्रति सजग रही आफ्ना महत्वपूर्ण व्यक्तिगत विवरण तथा कागजात सुरक्षित र गोप्य राख्न राष्ट्र बैंकले आग्रह गरेको छ। ‘बैंकिङ कारोबारसम्बन्धी कुनै गुनासो भए बैंक तथा वित्तीय संस्थाको गुनासो सुन्ने अधिकारीसँग सम्पर्क गरी गुनासो दर्ता गरौँ’, सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS