IME Life New

विगतका राम्रा अभ्यासलाई निरन्तरता दिने बीमा प्राधिकरणका अध्यक्ष ओझाको प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले विगतका राम्रा अभ्यासलाई निरन्तरता दिँदै थप असल अभ्यासका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

समग्र बीमा क्षेत्रलाई सुव्यवस्थित रुपले अगाडि बढाउने सन्दर्भमा विगतका अनुभव र चुनौतीहरुका सामना गर्न विगतमा चालिएका कदम, समस्याहरुका समाधानका लागि गरिएका काम र बीमा क्षेत्रको अपेक्षालगायतका विषयमा आज प्राधिकरणका पूर्वअध्यक्षहरुसँगको छलफलमा अध्यक्ष ओझाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओझाले बीमा क्षेत्रलाई सुव्यवस्थित बनाउने सन्दर्भमा विगतका सुझबूझपूर्ण अनुभव, चुनौतीहरुको सामना गर्न तथा समस्याहरु समाधान गर्न चालिएका कदम, प्राधिकरणको नियामकीय भूमिका र बीमा बजारमा आवश्यक हस्तक्षेपलगायतका विषयमा विगतका अनुभवहरूका बारेमा जानकारी प्राप्त गर्न कार्यक्रम आयोजना गरिएको बताए।विगतका सुझबुझपूर्ण अनुभवहरुलाई मार्गदर्शकका रुपमा लिएर अगाडि बढ्ने उल्लेख गर्दै अध्यक्ष ओझाले सरकार र बीमा क्षेत्रको अपेक्षाअनुरुप समग्र बीमा क्षेत्रलाई सुव्यवस्थित, नियमित र स्वच्छ प्रतिस्पर्धी बनाउनका लागि आवश्यक निर्णय लिन पूर्वअध्यक्षहरूबाट प्राप्त अनुभवबाट सहज हुने विश्वास व्यक्त गरे।

Esewa
Crest

कार्यक्रममा प्राधिकरणका पूर्वअध्यक्षहरु माधवप्रसाद उपाध्याय, देवेन्द्रप्रताप शाह र प्राडा फत्तबहादुर केसीका साथै प्राधिकरणका निर्देशक सुशील देव सुवेदी, निर्देशक कमल प्रसाद रेग्मी र उपनिर्देशकहरुको सहभागिता थियो । कार्यक्रममा पूर्वअध्यक्षहरुले बीमा ऐन र नियमले प्राधिकरणको नेतृत्वलाई बलियो बनाएको उल्लेख गर्दै प्राधिकरणको प्रतिष्ठालाई उच्च बनाउने आफ्नो मूल दायित्व ठानेर निडर भई इमान्दारिताका साथ अगाडि बढ्न सुझाव दिए।प्राधिकरणको नियामकीय भूमिकालाई राम्रोसँग बुझेर अगाडि बढ्न, नचाहिने कुरामा नझुक्न, राजनीतिक हस्तक्षेप हुन नदिन, बीमा कम्पनीहरूलाई नचाहिने काम गर्न नदिन, नहुने कामलाई सिधै ‘हुन्न’ भन्न र आफ्नो विवेकलाई ध्यानमा राखेर काम गर्न पूर्वअध्यक्षहरुले सुझाव दिए। यसैगरी तत्काललाई केही नोक्सान भए पनि राम्रो काम गर्न नछाड्न, संस्थाको हितमा निर्धक्कसँग काम गर्न, प्राप्त सूचनाहरुको पुष्टि गरेरमात्र अघि बढ्न, बीमा क्षेत्रमा देखिएका अस्वस्थ प्रतिस्पर्धा र विकृतिहरुलाई नियन्त्रण गर्न, बीमा व्यवसायका लागि उपयुक्त वातावरण बनाउन, प्राधिकरणको नियामकीय भूमिकालाई सशक्त बनाउन र कसैको भनाइमा नभएर ऐन तथा नियमअनुसार काम गर्न उनीहरुको सुझाव थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS