IME Life New

वार्षिक ८ प्रतिशत ब्याज दिने गरि ज्योति बिकास बैंकले ल्यायो ज्योति श्रमजिवी बचत खाता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले नयाँ बचत खाता “ज्योति श्रमजिवी बचत खाता” संचालनमा ल्याएको छ । उक्त खातामा ग्राहकले वार्षिक ८ प्रतिशत ब्याज पाउने छन् ।

Esewa
Crest

 

ज्योति श्रमजिवी बचत खातामा निःशुल्क बीमाको ब्यवस्थाका साथै विदेशी मुद्रा सटहीमा विषेश छुट दिने बैंकले जनाएको छ । भिसा डेबिट कार्ड, स्मार्ट मोबाइल बैंकिङ्ग, एबीबीएस, सी-आस्वा, चेक बुक, इन्टरनेट बैंकिङ जस्ता सेवाहरु निःशुल्क गरेको छ भने लकर सुविधामा र गुड फर पेमेन्ट चेक जारी गर्दा पनि बिषेश छुट दिने भएको छ । साथै स्थायी कर्मचारीहरुका लागि ज्योति प्रोफेसनल लोनको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

बैंकले ६० वटा शाखा एवं २१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमा नै बैंकले केही थप नयाँ शाखाहरु संचालनमा ल्याउने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS