IME Life New

वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंकको ९ लाख रुपैयाँ आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसर पारेर कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, बृद्धाआश्रम केन्द्र तथा अस्पताल लगाएतका संस्थाहरुमा ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । आउँदै गरेको बैशाख ७ गते बैंकले १५औँ वार्षिकोत्सव मनाउदै छ ।

बैंकले जाजरकोट जिल्लाको हरिशिव प्राथमिक विद्यालय तथा कालिका प्राथमिक विद्यालय, सिमिकोट जिल्लाको बालमन्दिर माध्यमिक विद्यालय तथा मानसरोवर माध्यमिक विद्यालय, डोल्पा जिल्लाको बालमन्दिर आधारभूत विद्यालय, गौरी आधारभूत विद्यालय तथा आदर्श माध्यमिक विद्यालय, मुगु जिल्लाको माहाकाली मोडल हाई स्कूल तथा नेपाल राष्ट्रिय आधारभूत स्कूल बालमन्दिर प्रत्येकलाई ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

Esewa
Crest

जुम्ला जिल्लाको जनता माध्यमिक विद्यालय (प्राबिधिक धार)लाई १ लाख, हुम्ला जिल्लाको लालिगुँराश मा।वि, कोट मा।वि तथा हिमज्योती मा.वि प्रत्येकलाई ३३ हजार ३ हजार हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकले हुम्ला जिल्लाको हिमालयन चिल्ड्रेन सोशाईटी, कैलाश मानशरोभर चिल्ड्रेन अफ हुम्ला तथा सुर्खेत जिल्लाको साझा घर प्रत्येकलाई ५०/५० हजार सहयोग गरिएको छ ।

साथै बैंकले डोल्पा जिल्लाको जिल्ला हस्पिटल डोल्पा र सुर्खेत जिल्लाको प्रशान्ति वुद्धाश्रम केन्द्रलाई ५०/५० हजार सहयोग गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS