IME Life New

वारेन बफेटको कम्पनीले बेच्यो एप्पलमा रहेको ५०% शेयर, मन्दी आउने डर !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी अर्बपति एवं दिग्गज लगानीकर्ता वारेन बफेटको कम्पनी बर्कसायर हाथवे इंकले आईफोन बनाउने कम्पनी एप्पलमा रहेको आफ्नो करिब ५० प्रतिशत हिस्सा बेचिदिएको छ। एप्पलको शेयर बिक्रीपछि बर्कसायर हाथवेको क्यास स्टक बढेर रेकर्डस्तरमा अर्थात २७६.९ अर्ब डलर पुगेको छ।

कम्पनीले एप्पलको कति शेयर बेच्यो भन्नेबारे यकिनका साथ खुलाएको छ। तर वित्त वर्ष २०२४ को दोस्रो त्रैमासमा एप्पलमा बर्कशायरको ८४.२ अर्ब डलरको हिस्सा बचेको छ। पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीसँग एप्पलको १३५.४ अर्ब डलरको शेयर थियो।

Esewa
Crest

बर्कसायर हाथवेले अन्य थुप्रै कम्पनीमा आफ्नो शेयर होल्डिङ कम गरेको छ। दोस्रो त्रैमासमा कम्पनीले अन्य कम्पनीमा रहेको कुल ७५.५ अर्ब डलरबराबरको शेयर बेचेको छ।

अमेरिकामा मन्दी आउने डलर बर्कसायर हाथवेले एप्पलसँगै अन्य कम्पनीमा शेयर बेचेको हुन सक्ने अनुमान गरिएको छ। कम्पनीले नगद भण्डार बढाउनेतिर ध्यान दिइरहेको विज्ञहरुको भनाइ छ। पछिल्ला केही कारोबार दिनमा अमेरिकी शेयरबाट भारी गिरावट आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS