IME Life New

वायू सेवा कम्पनीबीच जहाज थप्ने प्रतिस्पर्धा बढ्दा बीमा कम्पनीको आम्दानीमा वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वायू सेवा कम्पनीहरूबीच विमान थप्ने प्रतिस्पर्धा बढेपछि निर्जीवन बीमा कम्पनीको एभिएशन इन्स्योरेन्स(हवाई बीमा) वापतको आम्दानी पनि उल्लेख्यरूपमा बढेको छ। नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०७९।८० को तुलनामा आर्थिक वर्ष २०८०।८१ मा हवाई बीमाशुल्क आम्दानी ३५.६३ प्रतिशतले वृद्धि भएको छ।

गत आवमा १४ निर्जीवन बीमा कम्पनीले हवाई बीमावापत कुल २ अर्ब ६० करोड ७३ लाख ६५ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो आवमा निर्जीवन बीमकले कुल १ अर्ब ९२ करोड २ लाख ९२ हजार रूपैयाँ बीमाशुल्क आम्दानी गरेका थिए । निर्जीवन बीमा व्यवसायमा हवाई बीमाको योगदान जम्मा ६.२८ प्रतिशत रहेको थियो ।

Esewa
Crest

हवाई बीमाको कारोबार काठमाडाैं र पोखरा केन्द्रित रहेको छ । यो मध्ये पनि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका कारण अधिकांश वायू सेवा कम्पनीको उडान बेस यहीको विमानस्थल नै भएकाले पनि हवाई बीमाको कारोबार बागमती प्रदेश केन्द्रित रहेको छ।

प्राधिकरणका अनुसार बागमती प्रदेशबाट निर्जीवन बीमकले गत आर्थिक वर्ष २०८०।८१ मा कुल २ अर्ब ६० करोड ४६ लाख ५० हजार रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गण्डकी प्रदेशको पोखराबाट ३० लाख १५ हजार रूपैयाँ बीमाशुल्क संकलन भएको थियो।

गत आर्थिक वर्षमा निजी क्षेत्रका वायू सेवा कम्पनीले हेलिकप्टर बाहेक पाँचवटा जहाज भित्र्याएका छन् । यो मध्ये यती एयरले दुईवटा एटिआर ७२-५००, बुद्धले १ वटा एटिआर ७२-५०० र श्री एयरले बम्बार्डियर ड्यास-८०० सिरिजको दुईवटा विमान भित्र्याएको हो ।

नेपाली वायूसेवा कम्पनीसँग हेलिकप्टर बाहेक साना ठूला समेत कुल ५६ वटा जहाज छन् । कुल आठवटा वायू सेवा कम्पनीमध्ये सरकारी स्वामित्वको नेपाल एयरलाइन्स र निजी क्षेत्रको बुद्ध एयरले आन्तरिक र अन्तर्राष्ट्रिय दुबै तर्फ उडान भर्दै आएका छन् । चिनियाँ संयुक्त लगानीको हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान मात्र गरिरहेको छ।

बुद्ध एयरसँग सर्वाधिक १७, श्री एयरसँग ११, यती एयरसँग ७, नेपाल एयरलाइन्ससँग ६, हिमालय, समिट र सीता एयरलाइन्ससँग ४-४, तारा एयरसँग ३ वटा विमान रहेको छ। बुद्ध एयरसँग एटिआर ७२ र ४२ सिरिजका विमान छन् । श्री एयरसँग बम्बार्डियर सिआरजे, ड्यास एट सिरिजका विमान र हेलिकप्टर छन्। नेपाल एयरलाइन्ससँग ट्वीनअटर, न्यारो बडी र वाइड बडी विमान छ। हिमालय एयरलाइन्ससँग पनि न्यारो बडी र वाइड बडी विमान छ। समिट, सीता र ताराले ट्वीन अटर विमानमार्फत सेवा दिंदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS