IME Life New

वाणिज्य र विकास बैंकको प्रस्तावित लाभांश बढ्यो, बोनस प्राथमिकतामा  

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को समाप्ति सँगै बैंक र विकास बैंकले पनि लाभांश प्रस्ताव गर्न  सुरु गरिसकेको अवस्था छ । लाभांश प्रस्ताव गरेका  कम्पनी मध्ये तीन वाणिज्य बैंक र एक विकास बैंकले गत आर्थिक वर्षको मुनाफा तथा जगेडा कोषबाट लाभांश प्रस्ताव गरेका छन्।

लाभांश प्रस्ताव गर्ने वाणिज्य बैंकमा  सानिमा, माछापुछ्रे र सिटिजन्स बैंक छन् भने विकास बैंकमा कामना सेवा विकास बैंक रहेको छ ।

Esewa
Crest

सानिमा बैंकले १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनक लागि ० दशमवल ९० प्रतिशत  नगद लाभांश गरी जम्मा १७ दशमलव ९० प्रतिशत लाभांश प्रस्ताव गरेको छ, त्यस्तै माछापुछ्रे बैंकले १३ दशमवल ३०  प्रतिशत बोनस शेयर र कर प्रयोजनक लागि ० दशमवल ७० प्रतिशत  नगद लाभांश गरी जम्मा १४  प्रतिशत लाभांश प्रस्ताव गरेको छ र सिटिजन्स बैंकको संचालक समितिको बैठकले भने १२ दशमवल ९१३ प्रतिशत बोनस शेयर र ३ दशमलव ०८७ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

पछिल्लो समय आक्रामक व्यापार गरेको कामना सेवा विकास बैंकले १८ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८७ प्रतिशत  नगद लाभांश गरी जम्मा १९ दशमलव ४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

चारै कम्पनीको लाभांशमा वृद्धि :
तीनै कम्पनीको प्रस्तावित लाभांश आर्थिक वर्ष २०७६/७७ भन्दा वृद्धि भएको छ। सानिमा बैंकले आर्थिक वर्षमा २०७६/७७ मा १३ दशमलव ६० प्रतिशत, माछापुछ्रे बैंकले १० दशमलव ४० प्रतिशत सिटिजन्स बैंकले ११ प्रतिशत र कामना सेवा विकास बैंकले ४ दशमलव ६३ प्रतिशत लाभांश प्रदान गरेका थिए।

“डिभिडेण्ड इल्ड” पनि राम्रै :
हालको बजार मूल्यलाई आधार मान्दा सिटिजन्स बैंकको डिभिडेण्ड इल्ड सर्वाधिक ३ दशमलव ९२ प्रतिशत छ भने  सानिमा बैंकको ३ दशमलव ३९ प्रतिशत, माछापुछ्रे बैंक ३ दशमलव ४१ प्रतिशत र कामना सेवा विकास बैंकको २ दशमलव ८७ प्रतिशत छ। 

तीनै कम्पनीले बोनस शेयरलाई मात्र प्राथमिकतामा राखेको देखिन्छ। सिटिजन्स बैंक बाहेक प्रस्तावित नगद लाभांश कर प्रयोजनका लागि मात्र रहेको छ। सिटिजन्स बैंकले भने कर प्रयोजनार्थ बाहेक थोरै नगद लाभांश प्रस्ताव पनि गरेको छ।

नियामक निकाय(नेंपाल राष्ट्र बैंकले) स्वीकृत दिए पश्चात कम्पनीले वार्षिक साधारण सभा र बुक क्लोजको मिति तय गर्छ। बुक क्लोज भन्दा एक दिन अघि सम्म कायम शेयरधनीले कम्पनीको साधारण सभामा भाग लिनुका साथै कम्पनीको लाभांश प्राप्त गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS