IME Life New

वाणिज्य बैंकहरु वास्तवमै “अण्डरभ्यालूड” छन् ? : ग्राम नम्बरको आधारमा गरिएको विश्लेषण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुनै पनि कम्पनीको दुई थरी मूल्य हुन्छ, एउटा मूल्य भनेको कम्पनीको बजार मूल्य जो खरिदकर्ता र विक्रीकर्ताले निर्धारण गर्छन् भने अर्को मूल्य भने कम्पनीको किताबी मूल्य हो । कम्पनीको सम्पत्तिमा दायित्व घटाएर निकालिएको मूल्य भनेको कम्पनीको किताबी मूल्य अथवा प्रति शेयर नेटवर्थ भनिन्छ । कम्पनी बन्द हुने अवस्थामा कम्पनीको किताबी मूल्य सरह सम्पत्ति लगानीकर्ताले पाउने गर्छन ।

यही कुरालाई मध्य नजर गर्दै The intelligent Investors का लेखक बेन्जामिन ग्रामले ग्राम नम्बरको आविष्कार गरे । ग्राम नम्बरमा कम्पनीको प्रति शेयर आम्दानी र कम्पनीको किताबी मूल्यलाई मध्यनजर गर्दै कम्पनीको आधारभूत मूल्य निकालिन्छ ।

Esewa
Crest

ग्राम नम्बर निकाल्दा बेन्जामिन ग्रामले २ वटा कुरालाई आधार लिएका थिए :

  • कम्पनीको मूल्य आम्दानी अनुपात १५ गुणा
  • कम्पनीको मूल्य र किताबी मूल्यको अनुपात(पीबी रेसियो) १ दशमलव ५ गुणा

के हो ग्राम नम्बरको शुत्र ?

ग्रामका अनुसार यदी कम्पनीको बजार मूल्य कम्पनीको ग्राम नम्बर भन्दा धेरै छ भने सो कम्पनी “ओभरभ्यालुड हुन्छ” भने कम्पनीको ग्राम नम्बर भन्दा कम्पनीको बजार मूल्य थोरै छ भने कम्पनी “अण्डरभ्यालूड हुन्छ” । ग्रामका अनुसार लगानीकर्ताले दीर्घकालीन लगानीका लागि शेयर खरिद गर्दा कम्पनीको बजार मूल्य ग्राम नम्बर भन्दा थोरै हुनु पर्छ ।

ग्राम नम्बर अनुसार नेपालमा रहेको वाणिज्य बैंकको अवस्था के छ ? 
नेपालमा अहिले १९ वाणिज्य बैंकहरुको शेयर कारोवार हुन्छ । कृषि विकास बैंकको प्रति शेयर आम्दानी ऋणात्मक भएकोले उक्त कम्पनीको ग्राम नम्बर निकालिएको छैन ।

ग्राम नम्बर भन्दा बजार मूल्य कम भएका वाणिज्य बैंकहरु: 
लक्ष्मी बैंकको बजार मूल्य रु. १९४ दशमलव ८० छ भने कम्पनीको ग्राम नम्बर २५६ आउँछ । यसको अर्थ कम्पनीको बजार मूल्य ग्राम नम्बर भन्दा करिब २५ प्रतिशत डिस्काउण्टमा छ । त्यस्तै दोश्रोमा सनराइज बैंकको बजार मूल्य १८८ दशमलव ६० हुँदा कम्पनीको ग्राम नम्बर २२२ छ । यसको अर्थ कम्पनीको बजार मूल्य ग्राम नम्बर भन्दा करिब १५ प्रतिशत डिस्काउण्टमा छ।
तेश्रोमा एनएमबि बैंकको बजार मूल्य २३२ दशमलव ५० हुँदा कम्पनीको ग्राम नम्बर २६२ दशमलव ६५ छ। यसको अर्थ कम्पनीको बजार मूल्य ग्राम नम्बर भन्दा करिब ११ प्रतिशत डिस्काउण्टमा छ ।

त्यस्तै माछापुछ्रे बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, कुमारी बैंक, सिटिजन्स बैंकको पनि बजार मूल्य ग्राम नम्बर भन्दा कम छ ।

नोट : उपलब्ध आधिकारिक तथ्यांकबाट तयार गरिएको यो विश्लेषण पूर्ण होइन, निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ । यो विशुद्ध शैक्षिक प्रयोजनका लागि तयार गरिएको सामाग्री हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

46%
happy

खुसी

8%
sad

दु :खी

23%
amazed

अचम्मित

15%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS