IME Life New

वाणिज्य बैंकहरु खराब कर्जा घटाउन सफल, खराब कर्जा व्यवस्थापनमा कुन बैंक अब्बल?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। २७ वाणिज्य बैंकहरुले आर्थिक वर्ष ७८/७९ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छन् । चालु आर्थिक वर्षको चैत्र मसान्त र अघिल्लो आर्थिक वर्ष ७७/७८ को चैत्र मसान्तसम्मलाई दाँजेर हेर्दा वाणिज्य बैंकहरुको खराब कर्जा केही घटेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष चैत्र मसान्तसम्ममा १ दशमवल ३८ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औसत खराब कर्जा चालु आर्थिक वर्षमा आएर औसतमा १ दशमवल २७ प्रतिशत पुगेको छ । समिक्षा अवधिमा वाणिज्य बैंकहरुको औसत खराब कर्जा शुन्य दशमवल १२ प्रतिशतले घटेको छ।
२७ वाणिज्य बैंक मध्ये नेपाल एसबीआई बैंकको खराब कर्जा सबै भन्दा थोरै शुन्य दशमवल १४ प्रतिशत रहेको छ भने दोश्रोमा एभरेष्ट बैंकको खराब कर्जा शुन्य दशमवल २६ प्रतिशत रहेको छ। तेश्रोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको खराब कर्जा शुन्य दशमवल ३६ प्रतिशत रहेको छ। यी तीनै बैंक विदेशी लगानी भएका बैंक हुन् ।
सबै भन्दा धेरै खराब कर्जा भएको बैंकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकको खराब कर्जा ३ दशमवल ०७ प्रतिशत रहेको छ भने दोश्रोमा कृषि विकास बैंक रहेको छ । बैंकको खराब कर्जा २ दशमवल ३२ प्रतिशत छ । खराब कर्जा धेरै हुने दुई बैंकमा दुवै बैंक नेपाल सरकारको लगानी रहेका बैंक रहेका छन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS