IME Life New

वाणिज्य बैंकहरुले ४ महिनामा घरजग्गामा गरे करिब २ खर्ब कर्जा लगानी, कसको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ४ महिना कात्तिकसम्म घरजग्गामा करिब २ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले यो ४ महिनामा कुल १ खर्ब ९० अर्ब ५५ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन्। घरजग्गामा सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा एनआईसी एसिया रहेको छ। यो बैंकले २९ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ।

Esewa
Crest

दोस्रोमा नबिल बैंक रहेको छ। यो बैंकले घरजग्गामा २२ अर्ब ४ करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ।

यसैगरी घरजग्गामा सार्वजनिक कर्जा प्रवाह गर्ने वाणिज्य बैंकको सूचीमा प्राइम कमर्सियल बैंक तेस्रो स्थानमा छ। प्राइमले यो ४ महिनामा १६ अर्ब २ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ।

ग्लोबल आइएमई र हिमालयन बैंकले क्रमशः चौथो र पाँचौँ स्थानमा छन्। यी बैंकले क्रमशः १४ अर्ब ९३ करोड ५७ लाख रुपैयाँ र १४ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ लगानी गरेका छन्।

चालु आर्थिक वर्षको कात्तिकसम्म कुन वाणिज्य बैंक घरजग्गामा कति प्रवाह गरे कर्जा ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS