IME Life New

वाणिज्य बैंकहरुको नाफा रु. १७.६९ अर्ब, सर्वाधिक कमाउनेमा नबिल, दोस्रोमा ग्लोबल आइएमई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो महिना भदौसम्म सर्वाधिक नाफा कमाउने वाणिज्य बैंकमा नबिल रहेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको भदौसम्मको तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा २० वाणिज्य बैंकहरुले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। यस अवधिसम्म नबिलले १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन बैंकहरुमा सबैभन्दा धेरै हो।

Esewa
Crest

यसैगरी दोस्रो धेरै नाफा कमाउने बैंकमा ग्लोबल आइएमई रहेको छ। यो बैंकले दुई महिनामा १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

धेरै नाफा कमाउने बैंकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले तेस्रो स्थानमा रहेको छ। यो बैंकले १ अर्ब ४१ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

त्यस्तै भदौसम्म हिमालयन बैंकले १ अर्ब १६ करोड ८१ लाख रुपैयाँ र कुमारी बैंकले १ अर्ब ८ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
बाँकी १५ वटा बैंकको नाफा अर्ब मुनि रहेको छ। सबैभन्दा कम नाफा माछापुच्छ्रे बैंकको देखिएको छ। यो बैंकले चालु आर्थिक वर्षको दुई महिनामा ३९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

चालु आर्थिक वर्षको भदौसम्म वाणिज्य बैंकहरुले गरेको नाफा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS