IME Life New

वाणिज्य बैंकहरुको औसत एनपीएल ३% माथि, खराब कर्जा रु. १४ अर्ब बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकहरुको औसत खराब कर्जा अनुपात (एनपीए) अझै ३ प्रतिशत माथि रहेको देखिन्छ।

हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको औसत एनपीएल दोस्रो त्रैमासम्म ३.२८ प्रतिशत रहेको हो। पहिलो त्रैमाससम्म औसत एनपीएल ३.३३ प्रतिशत थियो। अघिल्लो आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा भने वाणिज्य बैंकहरुको औसत एनपीएल २.४२ प्रतिशत थियो।

Esewa
Crest

अपरिष्कृत वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुको खराब कर्जामा खासै सुधार हुन नसकेको देखिन्छ। पहिलो त्रैमासमा खराब कर्जा उच्च रहनुले पनि बैंकहरुको दोस्रो त्रैमासमा आइपुग्दा पनि यसमा खासै सुधार हुन सकेको हो।

वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४४ खर्ब ६४ अर्ब रुपैयाँ रहेकोमा खराब कर्जा करिब १४ अर्ब १७ करोड रुपैयाँ रहेको छ। बैंकहरुले खराब कर्जाको उठाउन नसकेको ब्याज २५ अर्ब ६ करोड रुपैयाँबराबर छ।

खराब कर्जा बढेसँगै प्रोभिजनमा राख्नुपर्ने रकमसमेत करिब ७९ प्रतिशतले बढेको छ। बैंकहरुले १५ अर्ब २४ करोड रुपैयाँ प्रोभिजनमा राखेकोमा अहिले बढेर २७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।

हालसम्मको अवस्थाका आधारमा १२ वाणिज्य बैंकहरु नाफा बाँड्न नसक्ने अवस्थामा छन्। यी बैंकहरुको वितरणयोग्य मुनाफा ऋणात्मक छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS