IME Life New

वाणिज्य बैंकमध्ये सर्वाधिक लाभांश दिनेमा नविल बैंक, अन्यले कति दिए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट सम्पूर्ण वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् । अधिकांश बैंकको साधारण सभा सम्पन्न भएर लगानीकर्ताले लाभांश प्राप्त गरिसकेका छन् भने केही थोरै बैंकको मात्र साधारण सभा हुन् बाँकी छ। २६ वाणिज्य बैंकले आर्थिक वर्ष २०७६/ ७७ को लाभांश घोषणा गरेकोमा सिभिल बैंकको बुक क्लोज मिति घोषणा हुन् बाँकी रहेको छ। अन्य सबै बैंकको बुक क्लोज भइसकेको छ।

२६ वाणिज्य बैंकले प्रस्ताव गरेको लाभांशमध्ये नविल बैंकले सर्वाधिक लाभांश दिएको छ। बैंकले साधारण सभा सम्पन्न गरी ३५ दशमलव २६ प्रतिशत लाभांश पारित समेत गरिसकेको छ । बैंकले ३३ दशमलव ५ प्रतिशत बोन शेयर पारित गरेको छ भने १ दशमलव ७६ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

Esewa
Crest

त्यस्तै हिमालयन बैंक र एनआइसी एशिया बैंकले २० /२० प्रतिशत लाभांश प्रस्ताव गरी साधारण सभाबाट पारित समेत गरिसकेका छन् ।

आर्थिक वर्ष २०७६ /७७ मा सबैभन्दा थोरै लाभांश घोषणा गर्नेमा सिभिल बैंक रहेको छ। बैंकले ७ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरी साधारण सभाबाट पारित समेत गरिसकेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबि बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू र कृषि विकास बैंकले आर्थिक वर्ष २०७६/ ७७ मा आफ्ना लगानीकर्तालाई १५ प्रतिशतभन्दा माथि लाभांश दिएका छन् ।

१२ वटा वाणिज्य बैंकले १० प्रतिशत भन्दामाथि लाभांश दिएका छन् भने पाँच बैंकले मात्र ५ प्रतिशत भन्दा मुनी लाभांश दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS