IME Life New

वस्तुगत संघको क्षेत्राधिकार विस्तार र सम्मानित निजी क्षेत्र बनाउन मेरो उम्मेदवारी :उपाध्यक्षका प्रत्याशी ढकाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले वस्तुगत संघका समस्यालाई महासंघमार्फत सरकार समक्ष पुर्याएर उक्त समस्या समाधान गर्नका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । ‘साना मझौला उत्पादनहरु, मौलिक उत्पादनहरु, वैकल्पिक ऊर्जा, उत्पादनमुलक उद्योग, सेवामुलक, पर्यटन, कृषि, व्यापारलगायत क्षेत्रलाई महासंघसँग आवद्ध विभिन्न समिति, फोरम, परिषद्मा जोड्दै उक्त समस्या समाधान गर्नुनै मेरो पहिलो प्राथमिकता रहन्छ,’ वस्तुगत संघका अध्यक्षहरुसँगको छलफल कार्यक्रममा उनले भने, ‘ वस्तुगत संघहरुका साथिहरुको समस्या, चुनौतीलाई सरकारसँग पुर्याएर समाधान तथा सम्भावनालाई साथ दिनका लागि म उपाध्यक्ष भएर महासंघमा जाँदैछु ।’

अहिलेको आर्थिक मन्दी तथा उच्च बैंक ब्याजदरका कारण अहिले धेरै उद्योगी व्यवसायीहरु मारमा परेको भन्दै आफु निर्वाचित भएर गएसँगै राष्ट्र बैंक र सरकारसँग वार्ताको टेवुलमा बसेर तत्काल समस्या समाधान गर्ने बताए । ‘अहिले अवस्थामा हाम्रो उद्योग व्यवसाय टिकाउनका लागि कर्जाको ब्याजदर तत्काल एकल अंकलमा ल्याउनुपर्छ,’ उनले भने, ‘यस्तै राष्ट्र बैंकको अब्यवहारिक नीतिका कारण बैंकहरुले आधारदरमा ६ प्रतशितसम्म प्रिमिय जोड्दै आएका छन् यसलाई बढीमा २ प्रतिशत कायम गरिनुपर्छ ।’

Esewa
Crest

विशेषगरी मौलिक उत्पादन र निर्यातजन्य उद्योगहरुका लागि सरकारले सहुलियत र पुनर्कर्जा दिनुपर्ने उनको माग थियो । ‘देशको अर्थतन्त्रमा साना तथा मझौला उद्योगको योगदान ठूलो छ,’ उक्त कार्यक्रममा उनले भने, ‘तर सरकारले तीनै उद्योगी व्यवसायीका समस्यालाई वेवास्ता गर्दै आएको छ ।’ अहिलेको मन्दीका कारण उद्योगी व्यवसायीले बैंकको किस्ता तिर्न नसक्ने अवस्था रहेको भन्दै चैतमा तिर्नुपर्ने किस्ता र ब्याजलाई कम्तीमा असार मसान्तसम्म सार्नुपर्ने उनको माग थियो ।

यस्तै अहिले महासंघको विधान अनुसार वस्तुगत संघको क्षेत्राधिकार एकदमै न्यून रहेको भन्दै आफु निर्वाचित भएर गएको खण्डमा तत्काल विधान संसोधन गरी अधिकार र दायरा बढाउने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् । ‘मेरो मुख्य उद्देश्य महासंघभित्र वस्तुगत संघको क्षेत्रधिकार विस्तार सम्मानित निजी क्षेत्र बनाउने हो,’ उनले भने, ‘त्यसका लागि सम्पूर्ण वस्तुगत साथिहरुको मलाई साथ र सहयोग आवश्यक छ ।’

महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समुहबाट उम्मेदवारी दिएका उनले आफ्ना सम्पूर्ण टीमलाई नै जिताएर पठाउन आग्रह गरेका छन् । ‘महासंघमा विधान संसोधन होस या कुनै पनि व्यवसायिक हकहितका लागि काम गर्न सबै एक भएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘उक्त कार्यका लागि टीमको आवश्यक छ तसर्थ वरिष्ठ उपाध्यक्ष लगायत मैले नेतृत्व गरेको वस्तुगतका १४ जना सदस्यहरुलाई यहाँहरुले अमूल्य मत दिएर जिताउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS